सुर्खेत । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ दानिगडमा भारी हिमपातका कारण फसेका ६ भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय डोल्पाले आइतबार जारी गरेको जरुरी सूचनाअनुसार उहाँहरू केही दिनदेखि भएको भारी हिमपातका कारण उक्त क्षेत्रमा फस्नुभएकाे हाे । प्रशासनले कात्तिक १४ गते उहाँहरू फसेको जानकारी प्राप्त गरेको थियो । कात्तिक १५ गते हेलिकप्टरमार्फत उद्धार भइरहेको सूचनामा उल्लेख छ ।
उद्धार भइरहेका पर्यटकमा दुई महिला र चार पुरुष रहनुभएकाे छ । उहाँहरूमा मौमिता हाल्डर, पियाली कोली, जजला त्रिवेद कुमार, आदित्य सिंघा, डिप्लिना बिस्वास र राजेश डे छन्। उनीहरू सबै भारतीय नागरिक हुनुहुन्छ ।
उहाँहरू डोल्पाको शे–फोक्सुण्डो ताल भ्रमणका लागि आउनुभएकाे थियाे । भ्रमणका क्रममा उच्च हिमाली क्षेत्रमा भारी हिमपात भएपछि पदमार्ग अवरुद्ध हुँदा उहाँहरू फस्नुभएकाे हाे ।
जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालद्वारा जारी सूचनामा पर्यटकहरूको हेलिकप्टरमार्फत उद्धार भइरहेको जानकारी दिइएको छ।
मौसम प्रतिकूलताका कारण थप जोखिम सिर्जना हुन सक्ने भन्दै प्रशासनले सबैलाई सजग, सतर्क र सुरक्षित रहन आग्रह गरेको छ।




सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?