काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज जारी खेलमा पोखरा एभेन्जर्सले टस जितेर जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिनुभएको हो।
पोखरा आज प्रतियोगितामा पहिलो जितको खोजीमा छ भने जनकपुर दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
जारी एनपीएलमा पोखराको यो दोस्रो खेल हो। यसअघि पहिलो खेलमा पोखरा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।
यता, जनकपुरले भने यसअघि खेलेका दुईमध्ये एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ। आजको खेल जित्दै जनकपुर जित संख्या दोब्बर बनाउने योजनामा छ।







हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने
भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म
भीषण वर्षा र हावाहुरीले कांग्रेस
प्रवासी नेपालीको आवाज उठाउन कांग्रेस