विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसँग बिदाइ भेट गर्नुभएको छ।
२०७८ साल कात्तिक २५ गते प्रदेश प्रमुखको कार्यभार सम्हाल्नुभएका खापुङ पाँचवर्षे कार्यकाल पूरा गरी यही कात्तिक २४ गते पदबाट बिदा हुँदै हुनुहुन्छ।
बिदाइ भेटका क्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा प्रदेश प्रमुख खापुङले पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ। भेटमा प्रदेशको विकास, समृद्धि र समसामयिक विषयमा समेत छलफल भएको थियो।
मुख्यमन्त्री कार्कीले सीमित स्रोतसाधनका बाबजुद प्रदेशमा विकास र स्थिरता कायम राख्दै अघि बढ्ने प्रयास भइरहेको जानकारी गराउनुभयो। संघीयता कार्यान्वयनपछि पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङप्रति उहाँले हार्दिक आभार व्यक्त गर्नुभयो।
त्यसैगरी, प्रदेश प्रमुखका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई व्यवस्थित बनाउन पुर्याउनुभएको योगदानप्रति पनि मुख्यमन्त्री कार्कीले धन्यवाद दिनुभयो।
भेटका क्रममा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति आभार व्यक्त गर्नुभएको थियो।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ। एक प्रदेशमा पाँचवर्षे कार्यकाल पूरा गरेपछि सोही प्रदेशमा पुनः प्रदेश प्रमुख नियुक्त हुन नसक्ने संवैधानिक प्रावधान छ।







संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी
सरकार उल्टो बाटोमा हिँडिरहेको छ
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना