भोजपुर । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले भोजपुरमा जिल्ला अधिवेशन सुरु गरेको छ।
जिल्ला संयोजक धर्मराज राईको सभापतित्व तथा केन्द्रीय प्रतिनिधि उत्तमकुमार चापागाईंको प्रमुख आतिथ्यमा भोजपुर सदरमुकाममा अधिवेशन सुरु भएको हो।
जिल्ला अधिवेशनको कार्यतालिका कात्तिक १५ गतेका लागि निर्धारण गरिएकाले सोहीअनुसार अधिवेशन सुरु गरिएको जिल्ला संयोजक राईले जानकारी दिनुभयो।
देउवा समूहले मंसिर ४ गते प्रदेश अधिवेशन र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन गर्ने तयारी गरेको छ। त्यसका लागि पूर्वमहामन्त्री शशांक कोइरालालाई १५औँ महाधिवेशन तयारी समितिको संयोजक बनाइएको छ।
नेपाली कांग्रेसभित्र समानान्तर सांगठनिक गतिविधि सञ्चालन गर्दै आएको देउवा समूहले यसअघि पनि विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गरिसकेको छ।
भोजपुरमा हुने अधिवेशनले जिल्ला कार्यसमितिका पदाधिकारी तथा महाधिवेशन प्रतिनिधि चयन गर्ने जनाइएको छ।
कांग्रेसमा गगन थापा नेतृत्वको कार्यसमिति र देउवा समूहबीच पार्टीको नेतृत्व तथा सांगठनिक प्रक्रियालाई लिएर मतभिन्नता रहँदै आएको छ। पार्टीको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले दुवै पक्षले छुट्टाछुट्टै रूपमा सांगठनिक गतिविधि अघि बढाइरहेका छन्।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं