काठमाडौं । बाघ भैरव दोस्रो वडाध्यक्ष कप खुला कराते प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । बाघ भैरवले पाँच स्वर्ण, तीन रजत र तीन कांस्य जित्यो । चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा भएको प्रतियोगितामा ठैव चार स्वर्ण, एक रजत र तीन कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको भृकुटीले तीन स्वर्ण, एक रजत र तीन कांस्य हात पार्यो ।
नेपाल गोजुकाइ कराते डो संघको आयोजना तथा मित्र पार्क नाय खिं बाजं खलःको सहकार्यमा भएको प्रतियोगिताको पुरुषमा चिल्ड्रेन मोडेलका साइमन मल्ल तथा महिलामा अरनिकोकी उर्मिला चेपाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उत्कृष्टद्वयलाई आयोजक संघका उपाध्यक्ष जनार्दन उप्रेतीले प्रोत्साहनस्वरूप जनही ६ हजार नगद पुरस्कार प्रदान गरेको आयोजक संघका महासचिव एवं सहायक प्रमुख प्रशिक्षक इन्द्र खड्गे शाहीले जानकारी दिनुभयो ।
विजेतालाई काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, पाँचखाल नगरपालिकाका नगरप्रमुख महेश खरेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सोही अवसरमा आयोजक संघका उपाध्यक्ष डा. जंगबहादुर हमाललाई पनि सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा पुरुष/महिलातर्फ समान ११-११ गरी जम्मा २२ स्पर्धामा २२० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक संघका उपाध्यक्ष एवं प्रचारप्रसार उपसमितिका संयोजक अच्युतराज उप्रेतीले जानकारी दिनुभयो ।







ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने
भुइँ तहका कार्यकर्ताको मूल्यांकन नभएसम्म
भीषण वर्षा र हावाहुरीले कांग्रेस
प्रवासी नेपालीको आवाज उठाउन कांग्रेस
कांग्रेस सभापतिको दौडबाट किशोर सिंह