काठमाडाैं । सरकारले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत पुरस्कार घोषणा गरेको छ ।
अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच कात्तिक १ देखि कात्तिक १५ सम्म १५ जनाका लागि जनही १ लाख ३३ हजार ३४ र पाक्षिक रुपमा १ जनालाई बम्पर उपहार दिने कार्यक्रमअन्तगर्त १० लाख पाउने करदाता घोषणा गरिएको हो ।
कात्तिक ५ मा बिग मार्टबाट ४१५ रुपैयाँको सामान किनेका जनकपुरका ०९८०४६५५८१७५ नम्बरका करदाताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन् । अर्थ मन्त्रालयमा आज आयोजित ‘कात्तिक महिनाको पहिलो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम’ अन्तर्गत गरिएको लक्की ड्रमा ती उपभोक्ताले १० लाख रुपैयाँको बम्पर उपहार जिते ।
१० लाख जित्ने उपभोक्तालाई आन्तरिक राजश्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले फोन गरेर बधाइ दिएका थिए । करदाता प्रोत्साहन कार्यक्रम घोषणा कार्यक्रममा किक्रेट खेलाडी ललितनारायण राजवंशी समेत उपस्थित थिए ।




दुर्भाग्यपूर्ण अराजक प्रवृत्ति
शान्तामा औपन्यासिकता खोजी गर्ने प्रसंग
सन्तानको भविष्यमा समयको लगानी गरौं
डा.उपाध्यायलाई भारतमा ‘अन्तर्राष्ट्रिय उत्कर्षश्री’ अवार्ड
भाष्यको राजनीति र सत्यको संकट
नेपाली चाडपर्वको ऐतिहासिक पक्षबारे विचार