काठमाडौं । सरकारका पछिल्ला गतिविधिबारे साझा धारणा बनाउन संसद्का प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा सोमबार दिउँसो सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो ।
बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलका नेताहरू सहभागी छन् ।
कांग्रेस प्रमुख सचेतक बासना थापाका अनुसार सरकार जनविरोधी गतिविधिमा अघि बढेको भन्दै प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाउन बैठक बोलाइएको हो ।
बैठकमा सरकारको स्वेच्छाचारिता, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र संविधानमाथि भइरहेको प्रहारलगायत विषयमा छलफल भइरहेको छ ।
बैठकमा नेकपा एमालेका सचिव तथा संसदीय दलका उपनेता पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका नेता वर्षमान पुन र प्रमुख सचेतक युवराज दुलाल सहभागी छन् ।
त्यस्तै, राप्रपाका प्रमुख सचेतक खुश्बु ओली पनि बैठकमा सहभागी छन् । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको सचिवालयका अनुसार संसद्बाहिर रहेका दलका नेताहरूको समेत बैठकमा उपस्थिति छ ।
सरकारका पछिल्ला गतिविधिबारे प्रतिपक्षी दलहरूबीच साझा धारणा बनाउने र आगामी रणनीतिबारे छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको हो ।




सरकारको कूटनीतिक सिफारिसमा सुनुवाइ समितिको
मुख्यमन्त्री सम्मेलनबाट ‘कोशी घोषणापत्र’ जारी
देशभरबाट बाहिरियो मनसुन, दशैँको मौसम
कंगोमा इबोला प्रकोप भयावह, मृतक
आज बडादशैँको पाँचौँ दिन, स्कन्दमाता
कस्तो छ आजको राशिफल ?