काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको हो ।
कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । त्यस्तै, हुसेन तलतले ३० बलमा एक चौका र दुई छक्कासहित ४० रन जोडे ।
पवन सर्राफले २३ बलमा दुई छक्काको मद्दतमा अविजित ३० रन बनाए । गुल्सन झाले १२ बलमा दुई छक्का प्रहार गर्दै २० रनको योगदान दिए ।
अरिफुलसँगै बंगलादेशका जिशान आलमले कर्णालीको इनिङ्स ओपन गरेका थिए । आइतबार मात्रै नेपाल आइपुगेका जिशानले आज पहिलो खेल खेलेका हुन् । उनी टोलीको स्कोर २० रन हुँदा व्यक्तिगत सात रन बनाएर आउट भए ।
दोस्रो विकेटका लागि अरिफुल र मार्क वाटले ४६ रनको साझेदारी गरे । त्यसपछि १२ रनको अन्तरमा अरिफुल, दीपक डुम्रे र मार्क वाट आउट हुँदा कर्णाली ७८ रनमा चार विकेट गुमाएको अवस्थामा पुगेको थियो ।
तर, पवन सर्राफ र हुसेन तलतले पाँचौँ विकेटका लागि ६५ रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स सम्हाले । १७औँ ओभरको अन्तिम बलमा हिट विकेट हुनुअघि तलतले पवनसँग उक्त साझेदारी गरेका थिए ।
त्यसपछि पवन र गुल्सन झाले १६ बलमा २८ रनको साझेदारी गरे ।
काठमान्डुका लागि कप्तान करण केसीले दुई विकेट लिए । शाहब आलम, जहानदान खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए ।






आजदेखि बडादशैँ सुरु, घरघरमा घटस्थापना
प्रश्न उठाएर उदाएका गगन जवाफ
संसद् छलेर अध्यादेशको बाटोमा सरकार
दशैँका दिव्य पक्ष
गोरखामा बुढीगण्डकीको बाढीले सल्लेरी बजार
नवरात्रको पहिलो दिन आज घटस्थापना,