काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानका लागि स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल उत्सुक रहेको बताउनुभएको छ ।
नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
भेटमा राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डका सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको बताउनुभयो ।
सो अवसरमा राष्ट्रिय परिषद्का अध्यक्ष पेजले हिमाली क्षेत्रमा भइरहेको परिवर्तनलाई ध्यानमा राख्दै पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यस क्षेत्रमा स्विट्जरल्यान्डले काम गरिरहेको जानकारी दिँदै उहाँले नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो ।







आजको राशिफल : कुन राशिलाई
बडादशैँको छैटौं दिन आज कात्यायनी
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
बजारमा रौनक, व्यापारमा मन्दी
उपत्यकामा आठ हजार प्रहरी परिचालन,
केही आशा केही निराशा