काठमाडौं । नेपाल बार एशोसिएशनले इनम सापकोटासँग जोडिएको प्रकरणमा न्यायाधीशसमेत मुछिएको भनिएपछि तथ्य सङ्कलन गर्न समिति गठन गरेको छ । न्याय क्षेत्रको समग्र सुधारका लागि सुझाव दिनसमेत समितिलाई जिम्मेवारी दिइएको छ ।
सोमबार बसेको बारको केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले एक महिनाको समयसीमा तोकेर समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको संयोजकमा बारका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ रहेका छन् । सदस्यहरूमा सर्वोच्च अदालत बार एशोसिएशनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, बारका पूर्वउपाध्यक्ष उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वकेन्द्रीय सदस्य चन्द्रप्रसाद काफ्ले छन् । सदस्य सचिवमा बारका केन्द्रीय कार्यसमिति सदस्य अधिवक्ता बाबुराम अर्याल रहेका छन् ।
बारले न्यायिक सुधार, भ्रष्टाचारमुक्त प्रणालीको विकास र सुशासनको प्रत्याभूति गर्नुपर्नेमा जोड दिएको छ । विगतमा तयार गरिएका सम्पूर्ण प्रतिवेदन कार्यान्वयन गर्न पनि बारले विज्ञप्तिमार्फत माग गरेको छ ।







पोखरा स्कुल बस दुर्घटना :
लागूऔषधसहित देशका विभिन्न स्थानबाट २१
तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर