काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपाल र पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस भएको छ।
मोरङ जिल्लास्थित रिजाल एन्ड कम्पनीका नाममा ६० रोपनी जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा पेस गरेको हो। आयोगले प्रतिवादीहरूबाट ७३ करोड ४९ लाख रुपैयाँ बिगो असुल गर्न माग गरेको छ।
मुद्दामा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन संसदीय व्यवस्था मन्त्री मीनेन्द्र रिजाल र तत्कालीन भूमिसुधार मन्त्री डम्बर श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। तत्कालीन मुख्यसचिव स्वर्गीय माधव घिमिरेकी छोरी कमला घिमिरेलाई समेत प्रतिवादी बनाइएको छ।
यस्तै, तत्कालीन सचिव छविराज पन्त, सहसचिव रमेशचन्द्र अधिकारी तथा उपसचिवहरू गान्धीप्रसाद सुवेदी, हुपेन्द्रमणि केसी, नुरपति कँडेल, हरिराज पन्त, डा. अर्जुन खड्का, लक्ष्मण थापा र ध्रुव सापकोटालाई पनि प्रतिवादी बनाइएको छ। तत्कालीन शाखा अधिकृत बलराम निरौला पनि प्रतिवादी छन्।
त्यसैगरी, भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन महानिर्देशक राजेन्द्र शर्मा, तत्कालीन निर्देशक नारायण अधिकारी, उपसचिव बाबुराम खनाल, शाखा अधिकृत सीताराम पोखरेल र नायब सुब्बा बुद्धिबहादुर कार्कीसहित मालपोतका तत्कालीन अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ।
यस प्रकरणमा कुल ९७ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा पेस गरेको हो।

















कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि
पोखरामा स्कुल बस दुर्घटना, १८