काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो।
विराटनगरका तीन खेलाडीले अर्धशतक प्रहार गरे। लोकेश बमले ५०, इमरान शेखले ५६ रन बनाए भने आन्द्रे रसेल ५२ रनमा अविजित रहे।
जनकपुरका बलर अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिए।
अब जनकपुरले जितका लागि १७५ रन बनाउनुपर्नेछ।







चाडबाड लक्षित सुरक्षा : पोखराका
अनुगमन र भुक्तानीमा कर्मचारीको चासो
एआई, युवा उद्यमशीलता र रोजगारीमा
कांग्रेसको १५औँ महाधिवेशनमा मतदान जारी
दुई महिनाका लागि ७० अर्ब
दशैँमा घर फर्किने यात्रुको गोंगबु