काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मंगलबार पार्टीको सम्पर्क कार्यालय चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सुशासनको प्रतिबद्धतासहित गठन भएको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनुभयो । राज्यका विभिन्न संरचनामा अन्योल बढेको उल्लेख गर्दै उहाँले प्रशासनतन्त्र र संवैधानिक निकाय सञ्चालनमा विधि तथा प्रक्रिया पालना गर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै महतले सञ्चारकर्मीको अभिव्यक्ति र सूचना सम्प्रेषण गर्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।
बिना आधार पत्रकार तथा सञ्चारमाध्यममाथि धरपकड गर्ने गतिविधि लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको उहाँको भनाइ छ ।
सरकारले निर्वाचनका क्रममा गरेका प्रतिबद्धताअनुसार काम गर्न नसकेको टिप्पणी गर्दै महतले सुशासन, विधिको शासन र नागरिकका सरोकारका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउनुभयो ।







कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई
काँग्रेसलाई नयाँ पुस्ताको जोश र
गगन थापाको नेतृत्वमा काँग्रेस रूपान्तरण
कांग्रेस महाधिवेशन : बन्द सत्रमा