भोजपुर । श्रम संस्कृति पार्टी भोजपुरले आगलागीबाट पीडित सन्तोषी तामाङलाई २२ हजार रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको छ।
भोजपुर नगरपालिका–७ स्थित जनसेवा निमावि नजिकै गत १२ गते साँझ भएको आगलागीमा एउटा कच्ची घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो। घरधनी दिलकुमारी राई अर्को घरमा बस्दै आएकाले उक्त घरमा डेरा गरी बस्ने खोटाङको साकेला गाउँपालिका–३ निवासी सन्तोषी तामाङको सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो।
आगलागीबाट पीडित तामाङलाई तत्काल आवश्यक पर्ने दैनिक उपभोग्य तथा घरायसी सामग्री खरिद गरी पार्टीले राहतस्वरूप हस्तान्तरण गरेको हो।
पार्टीकी कोषाध्यक्ष मन्जिता राईका अनुसार नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबाट रकम संकलन गरी पीडितलाई २२ हजार रुपैयाँ बराबरका आवश्यक सामग्री उपलब्ध गराइएको हो।
विपद् र संकटका बेला नागरिकको दुःखमा साथ दिने उद्देश्यले राहत उपलब्ध गराइएको पार्टीले जनाएको छ। श्रम, सेवा र सामाजिक उत्तरदायित्वलाई आफ्नो राजनीतिक अभ्यासको अभिन्न अंगका रूपमा अघि बढाउँदै आएको पार्टीको भनाइ छ।







बिदाइ खेलमा मेसीकाे गोल, अर्जेन्टिनाकाे
पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा
जलवायु न्याय माग्ने नेपालको आधार
कञ्चनपुरमा १६ लाख ८७ हजार
वेस्ट बैंकमा यहुदी बस्ती विस्तारकको
पार्टीभित्रको गुटगत असन्तुष्टि र असहमतिलाई