काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई ९८ रनको सामान्य लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको हो।
पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए। कुशल भुर्तेलले १४, मेहदी हसनले १३ तथा किरण ठगुन्नाले १२ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
पोखरालाई कम योगफलमा रोक्ने क्रममा लुम्बिनीका रुबेन ट्रम्पलमानले सर्वाधिक ३ विकेट लिए। तिलक भण्डारीले २ तथा शेर मल्ल, रोहित पौडेल र अभिषेक गौतमले समान १ विकेट हात पारे।







तारेखका लागि काठमाडौं जिल्ला अदालत
जुम्लामा एकवर्षको अवधिमा सम्बन्ध विच्छेदका
काठमाडौंमा ‘सम्यक महादान’ पुनर्जीवित गर्दै
कृष्णभीरको पहिरो छल्न १९ किलोमिटर
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर
कांग्रेस महाधिवेशनको मतदान समय दुई