साधुकाव्यनिबन्धनम्
सत्काव्य पढ्ने अवसर प्रायः कम भेटिन्छ । आजको व्यस्त र मोज्याके जीवनजगत्मा सत्काव्य सिर्जना गर्ने आफ्ना भावना र कल्पनाका पाणिग्रहण कार्यमा रमाउने कविकम भेटिन्छन् । केही कविहरू छन् जो छन्दमा लेख्नेमात्र होइनन् छन्दको छन्द्धातुको शोभा, चाहनावा इच्छा व्यक्त गर्ने अर्थलाई पनि दृष्टिगत गरेर सिर्जनामा भर्न सक्छन् । पाठकीय हार्दिक चाहनालाई पनि उद्भाषित गराइदिन्छन् । विज्ञायतां देवि यस्ते छन्द इति । प्रह्लाद पोखरेल (२०१४) यस्तै शक्तिशाली कवि हुन् । प्रतिभा, साधना र व्युत्पत्तिको त्रैत संयोजन यिनमा रहेको देखिन्छ । मैले पढेका उनका जति पनि काव्य छन् ती सबै यात्रालाई आधारभूमि बनाएर रचिएका देख्छु : गोसाइँकुण्ड (यात्राकाव्य २०५६) काव्ययात्राः गोसाइँकुण्ड (२०६५) आस्थाको गन्तव्य (यात्राकाव्य २०७१) वाणीका बान्की : आंगल भाषाका सूक्तिको नेपाली वर्णमातृक छन्दानुवाद (२०८०) आद्या-जीवन-यात्रा-काव्य (२०८३) ।
इतिहासको रेखांकनका दृष्टिले पनि पिता नवराज, पुत्र प्रह्लाद र उनका छोरीहरू सुनामीमा परेका भाइ र उनकी पुत्री पुस्ताकी अबोध बालिकासमेत जोड्दा तिनपुस्ता चित्रित र चौथाको झल्को प्रदान गरिएको छ । जीवनको समग्रता भनेको पिताको आरम्भिक प्रदर्शन र पुत्रका पुरुषार्थको उदात्त चित्रण र प्रपुत्रको उदयसंकेत नै एउटा समग्र जीवनवृत्त मानिन्छ ।
आद्याशब्दले पार्वतीलाई बुझाउने गर्दछ । पौरस्त्यशास्त्र, वाङ्मय तथा दर्शनमा आदि पुरुषमहादेव हुन् भने आदि नारी पर्वती मानिन्छिन् । आगम निगमका ठेलीले अनेकौं किसिमले ‘आद्या’ को परिभाषा गरेका छन् । महाकवि कालिदासले ‘अभिज्ञानशा कुन्तलम्’को मंगलाचरणमा शिवको अष्टमूर्तिको चर्चा गर्दै ‘आद्या’ शब्दको प्रयोग गरेका छन् । आद्या भनेर पार्वतीलाई नै तोक्ने काममार्कण्डेय पुराणले पनि गरेको देखिन्छ–‘प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी...नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः’ । हामीले भर्खरै नवदुर्गाको आराधना गरेर उनको प्रसादग्रहण गरेका छौं । यसरी आदिपुरुष महादेव र आदिनारी पार्वतीलाई नै आगमनिगमले संकेत गरेका छन् । आदौ भवाआदि+यत्, टाप आद्या यसरी बनेको यस शब्दले पहिले भएकी नारी भन्ने जनाउँछ ।
पौरस्त्यजगत्मा काव्य-महाकाव्यलगायत् कविता संग्रहमा समेत मंगलाचरणात्मक कविता राखेर संगलन गर्ने प्रचलन छ । प्रह्लादले पोखरेलले पनि यो महाकायात्मक यात्रा महाकाव्यमा विशाल मंगलाचरण राखेका छन् । एक सयवटा वसन्ततिलका छन्दका श्लोकमा वाणीको अर्चनाकाव्याजमा शिव, गणेश, देवी, विष्णु, सरस्वती आदि समग्रदेवीदेवको स्मरण गरेर ‘आराधना’ नामक मंगलाचरणमा समाजका आरोहावरोका गतिविधिलाई समेत स्मरण गरेका छन् । पूर्ववर्ती र समकालीन कविको नाम लिएर अर्को नवीन बान्की थपेका छन् । आफ्ना काव्यमा सज्जन प्रशंसा त सारा कविले गरेका थिए तर खलनिन्दासमेत राखेर तुलसीदासले रामचरित मानसमा नवप्रयोग गरेका थिए भने प्रह्लादले खलनिन्दा नै नगरे पनि पक्षान्तरबाट खलको धतुरो झार्ने काम गरेका छन्-‘खोजी उदात्त अनन्त जनजीवनभित्र मर्म...पारी निराकरण हुन्छ समूल अन्त्य’ ।
यहाँ ध्वनि छ । बाधकतत्वले उदात्तचेतीलाई केही गर्न नसक्ने बरू त्यो अवरोधक तत्व आफैं समूल नासिएर जान्छ भनेका छन् भने तुलसीदासलाई हेरौं, ‘वचन बज्र जेहि सदा पिआरा । सहस नयन पर दोष निहारा’ । अर्थात् जसलाई कठोर वचनरूप वज्र सधैं प्यारो लाग्छ र हजारौं आँखा (या उपाय)बाट अरूका दोष खोज्छन् । लेखनाथले ‘तरुणतपसी’ लाई नव्यकाव्य भनेका थिए भने प्रह्लादले पनि यात्राकाव्य भनेर महाकाव्य नभनी पाठकलाई निर्णय गर्न छाडिदिएका छन् । जर्ज लुकाज, अरस्तु, राल्फ फक्स आदि कामहाकाव्यात्मक धारणालाई समातेर यसलाई महाकाव्य सजिलै भन्न सकिन्छ । त्यसैगरी रुद्रट र भामहका संकेत मसिनु गरी पढ्दा पनि यसलाई उत्तम महाकाव्य हो भन्न अल्मलिनुपर्ने अवस्था छैन ।
हामी यदाकदा नायकनायिकालाई लिएर अल्मलिन्छौं, काव्यका तपसीलाई खोजेर सिङपुच्छर नापेर नाक खुम्च्याउने पनि गर्छौं । काव्यमा उदात्त जीवन जगत्को सिर्जनामा कवि चेत बौंडाई पक्षी निरभ्र निराधार आकाशमा नाचेझैँ नाचेको छ कि छैन ? उसका कल्पनामय प्रस्तुतिले पाठकीय चेत र बुद्धि तथा छातीलाई व्यामोहित गराउन सकेको छ कि छैन भन्ने कुरामा ध्यान दिँदैनौं किनभने हामी घोकन्ते कन्धनीलाल बन्दै आएका छौं । हिजोकाले जे भने त्यो नै हाम्रो महाज्ञान भएको छ । यथार्थलाई आदर्श प्रस्तुतिबाट आकाशले ब्रह्माण्डलाई घप्लक्क ढाकेझैँ ढाकेर हाम्रा चेतनालाई न्यानो प्रदान गरेको छ कि छैन भनेर सोच्न, गम्न र जम्न पनि बिर्सन्छौँ । यही हो कन्धनीलाले पहिचान । कर्म, भाव र संल्पको त्रैतसंयोजनभन्दा टुप्पी, जनै र कन्धनीमा ब्राह्मणत्व देख्ने प्रवृत्ति । एक्कामा नारिएको अश्वनेत्रले साहित्यकारको भावना, कल्पना र साधनाभ्यासलाई न्याय गर्न सक्दैन ।
बाह्यसंरचनात्मक स्वरूप
अब म यस महाकाव्यका केही महत्त्वपूर्ण कुरातिर आँखा लाउनेछु । देवकोटाले यहाँ जन्मेका मान्छेका लागि जीवन नै महाभोज हो भन्ने मानेझैँ हामीले पनि जीवन नै यात्रा हो भनेर मानेपछि यो काव्ययात्रा काव्य बन्छ । महाँ यो छँदैछ । यही द्वैधाभाषी चेतको प्रशारण छ समग्र काव्यमा । काव्यकारले काव्यलेखनारम्भ गरेकोदेखि काव्य समाप्तिका दिनसम्म भोगेको समग्र युग, विश्ववातावरण र नेपालीय समाज, शासनव्यवस्था, शैक्षणिक संस्थाको आभाव र अल्पतादेखि राष्ट्रएकीकरणभन्दा पहिलेदेखिका ऐतिहासिक गौरवको कतै स्पष्ट चित्र र कतै व्याजस्तुतिको छविका माध्यमले एक घरपरिवारको आर्थिक सामाजिक अवस्था र शिक्षाका लागि गर्नुपरेको भगीरथ तपस्या (सत्याग्रह)का आलोकमा समग्र नेपाली राष्ट्रका हिमाल, पहाड समथर प्रदेशका नौरंगी चित्र यहाँ प्रकट भएका छन् ।
इतिहासको रेखांकनका दृष्टिले पनि पिता नवराज, पुत्र प्रह्लाद र उनका छोरीहरू सुनामीमा परेका भाइ र उनकी पुत्री पुस्ताकी अबोध बालिकासमेत जोड्दा तिनपुस्ता चित्रित र चौथाको झल्को प्रदान गरिएको छ । जीवनको समग्रता भनेको पिताको आरम्भिक प्रदर्शन र पुत्रका पुरुषार्थको उदात्त चित्रण र प्रपुत्रको उदयसंकेत नै एउटा समग्र जीवनवृत्त मानिन्छ । अतः यो उदात्त तमभावाश्रित महाकाव्य हो । मैले भोगे जानेका र बुझेका कुरा मैले बताएका भरमा कविले जडेका काल्पनिक स्वर्णपक्षले प्रस्तुत गरेका कुराभन्दा मैले नै मेरा कुरा गर्नु प्राथमिक ज्ञानको अभिव्यञ्जना होइन र ? मैले चिनेको मभन्दा उत्तम अरूले चिनेको म हुनसक्छ र ? यसमा बाह्यसंरचनाको पद्धतिलाई परम्परित वैदिक पद्धतिका आधारमा प्रस्तुत गरिएको छ ।
ऋग्वेदका प्राचीन प्रतिमा सहस्रशीर्षेति-१,१६, सहस्रशीर्षासहस्राक्ष...भनेर प्रस्तुत गरेको भेटिन्छ । यहाँ प्रह्लादले पनि सर्ग या विश्रामका लागि १ः१ छन्द : वसन्ततिलका भनेर श्लोक आरम्भ गरेर १०० मा पुर्याएपछि १०१ मा छन्द परिवर्तन र आगमिष्यमान वर्णनको संगेत गर्ने पद्धति अवलम्बन गरेका छन् । यस रीतले यो काव्य २७ वटा विश्रामस्थलमा थरक मार्दै धेरैजसो विश्राममा १०० वटा श्लोक आरम्भमा अवलम्बित छन्दमा नै आधृत रेका छन् । आगामी संकेत गर्ने छन्दलाई १०१ र लेखिएको साल र महिनाको गतेसमेत राखेको देखिन्छ । यसरी हेर्दा हाम्रा वेदमा पनि पहिला मन्त्र, (पितरो देवताः । बृहती छन्दः । मध्यमः स्वरः।) भनेर संगेत गरिएको भेटिन्छ ।
अचेल हामी पाश्चात्य पद्धतिका भक्त बनेर आफ्ना कुरा बिर्सन लागेका छौं । यस्ता बेलामा वैदिक बाह्य संरचनापद्धति अवलम्बन गरेर लेखेको पहिलो महाकाव्य मैले पढ्न पाएँ । कवि नै या राष्ट्रियस्थिति नै नायक र समग्र राष्ट्रका विगतआगतमा तृशक्ति नायिका मान्नुस् या कविकी अर्द्धंगिनीलाई नै नायिका मान्नुस् महाकाव्यत्वमा कतै क्षति हुन्छ र ? नायिका भेदका दृष्टिले पनि त अब्बल छैन र स्वकीया नायिका छिन् यहाँ । २०७६ पुस १५ गतेदेखि आरम्भ भएर २०७८ भदौ १८ गतेव्यापी समय लिएको देखिन्छ । यसरी १८ महिना मामूल विषयसम्बद्ध श्लोक २,७०० संकेतकश्लोक २७ वटा समापन : कृतज्ञता चार जम्मा श्लोक=२,७३१ रहेका देखिन्छन् ।
साथी खोज्ने कोषराज, कविराज, प्रेरणापुरुष दैवज्ञ, केदार न्यौपानेप्रतिको श्रद्धाभावमात्र होइन पृथ्वीनारायण शाह, लप्र देवकोटा, बालकृष्ण सम, लेखनाथ, बीपी र अन्यान्य स्वनामधन्यका स्मरण र समग्र देशका उकालीओराली घुमेको वर्णन, भाइ सुनामीमा परेको वर्णन आदि यस काव्यका अविस्मरणीय प्रसंग बनेर आएका छन् ।
उदात्त गुणसम्पन्नता
देश, जनता, राष्ट्रिय विभूति, सभ्यता समापन र सभ्यता आरम्भ गर्ने व्यक्तिका कृत्यको गुणनुवादलाई उदात्तगुणवर्णन भनेर लिने गरिन्छ । कालिदासको रघुवंश, फिरदौसीको शाहनामा, वालमीकिको वाल्मीकीय रामायण, उदयानन्द अर्यालको पृथ्वीन्द्रोदय, भानुभक्ततको भानुभक्तीय रामायण, देवकोटाको शाकुन्तल, बालकृष्ण समको चिसोचुलो, प्रह्लादको आद्या एक प्रकारका उदात्तभावउद्रेकी महाकाव्य हुन् । एक प्रकारले प्रह्लादको आद्या राष्ट्रगाथा पनि हो भने अर्को प्रकारले यो प्रकृतिकाव्य हो । लेखक र भूमिका लेखकका दृष्टिमा यात्राकाव्य बनेको देखिन्छ तर मेरा नजरको कुरो मैले माथिदेखि गर्दै आएको छु ।
देशको भू-बनावट, प्राकृतिक विविधताको विपुलता, अभाव र सम्पन्नताको चित्रण, मानवीय आवश्यक्ताका दृष्टिले राज्यको भूमिका र गलत भूमिका, इतिहासका घुम्ती र मोडको चित्ताकर्षक प्रस्तुति यस महाकाव्यका गरिमामय प्राप्ति हुन् । वाजसनेयी शाखान्तर्गत शुक्लयजुर्वेद प्रणेता याज्ञवल्क्य र उनकी शिष्या सीता र वशिष्ठ विश्वामित्रका हुनहार छात्र रामगाथाको स्मरणले पनि काव्यलाई प्रेरणादायक बनाएको छ । यतिमात्र होइन कुभिन्डेबाट फुपूका घर गोगने, धरान, धरानबाट पूर्वमध्यमापछि पढ्ने उत्कट चाहना भएर पनि सत्याग्रह गर्नुपरेको, बिहा गरेर प्रतिनिधि छाडेरमात्र काठमाडौं आउनुपरेको यहाँ आएर पनि निजी परीक्षार्थीकै हैसियतले स्नातकोत्तर तहसम्मको अध्ययन, गणक बनेर पेट पाल्नुपरेको, केन्द्रीय तथ्यांग विभागमा नजानेको कम्प्युटरको कामजस्ता कुरा लोमहर्षक छन् ।
साथी खोज्ने कोषराज, कविराज, प्रेरणापुरुष दैवज्ञ, केदार न्यौपानेप्रतिको श्रद्धाभावमात्र होइन पृथ्वीनारायण शाह, लप्र देवकोटा, बाकृ सम, लेखनाथ, बीपी र अन्यान्य स्वनामधन्यका स्मरण र समग्र देशका उकालीओराली घुमेको वर्णन, भाइ सुनामीमा परेको वर्णन आदि यस काव्यका अविस्मरणीय प्रसंग बनेर आएका छन् । छन्द विचलन नेपालीकविको सबैभन्दा टड्कारो पक्ष थियो, प्रह्लाद यसमा नगण्य बनेर देखापरेका छन् । अब यस प्रकारका काव्यमा पनि कमजोर पक्षको पनि चर्चा गरौं :
गहिरिएर खोज्दा भेटिएका कमजोरी
रावाखोला सुसाएझैं थिए मानिसका स्वर...। यसमा कवि जन्मेका बेलाको अनुमान् गरेका छन् । ४.११ मा छन्द मिलाउन ‘मिसियो’लाई ‘मिस्यो’ बनाउनु कमजोर पक्ष हो भने ४.२१ मा ‘जताततै’ लाई जताजतै बनाएका छन् । यसको खास अर्थ छैन । लोकमा कुभिन्डे नाम कुभिन्डो फलेर नै रहेको उत्प्रेक्षा गरेका छन् । ५.२४ देखि धरानबाट वसन्तपुरको यात्रा सोझो नभएर चेतनप्रवाहका कारणले भोजपुरको गोगनेबाट पूर्वमध्यमा पढ्न धरान आउँदा बाटाको वर्णन भएको जस्तो लाग्छ तर यो पूर्वमध्यमा (कक्षा ९) को परीक्षा सकेर वसन्तपुर जाँदाको वर्णन मिसिएको छ । यसमा पाठक रनभुल्ल बन्छ । नवौं विश्रामसम्म १०० श्लोक एकै छन्दमा लेखेर दशौं विश्राममा अति धेरै छन्द परिवर्तन (१५वटा) गरेका छन् । यसले पाठकीय आस्वादको निरन्तरतामा व्याघात गरेको छ ।
उल्लेख्य पक्ष र टुंग्याउनी
यस महाकाव्यमा धेरै राम्रा पंक्ति आएका छन् । तीमध्ये केही आदिकवि वाल्मीकि लेख्छन् ‘रे रे वृक्षाः पर्वतस्था गिरिगहनलता वायुनाविज्यमाना..., रामोऽहं व्याकुलात्मा दशरथतनय शोकशुक्रेण दग्धः’ ...हाम्रो मुन्धुम हो साँच्चै लोकजीवनदर्शन । अत्याधुनिकता भन्दै परन्तु अहिले यहाँ..रनभुल्ल बनेका छौं बनी कुटिल उद्यमी । सकेसम्म सबै मास्ने आफ्नो अस्तित्वको जग...निभाई घरको बत्ती भन्ने, ‘पार्दै छु जग्मग’ ।
...पिई जहरको घुट्को कसरी हुन्छ ओखती ?...भिज्यो मौलिकता हाम्रो झरीको मारमा परी ।
बाधा झेल्ने विकल जनता बस्छ सर्कार हाँसी...कल्ले बुझ्ने व्यथित दिलको वेदना सर्वनाशी ।...घना बादल ओढेर कहाँ सूर्य उदाउला ? के यी पङ्क्ति वाल्मीकिका भन्दा कमजोर छन् र ? यसरी उद्धृत गर्दैजाँदा लग्भग १०० जति सूक्ति भेटिन्छन् । तिनमा केही सम्झेका मात्र उद्धृत गरी विश्राम लिन्छु ।







डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि