काठमाडौं । सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा आएको छ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै नयाँ प्रणाली सञ्चालनमा ल्याइएको जानकारी दिएको हो। कार्यालयले सबै सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ प्रणालीमार्फत मात्र प्रकाशन गर्न निर्देशन दिएको छ।
यसअघि सञ्चालनमा रहेको विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि गत भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि नयाँ बोलपत्र प्रकाशनको काम रोकिएको थियो। त्यसपछि पुरानो प्रणालीको विकल्पमा नयाँ सफ्टवेयर विकास गरी खरिद प्रक्रिया पुनः सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
नयाँ प्रणाली कार्यान्वयनसँगै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले पुनः दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यालयका अनुसार बोलपत्रदाता तथा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा सम्बन्धित कार्यालयमा उपस्थित भएर हार्डकपीमार्फत बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्। यी दुईमध्ये कुनै एक माध्यमबाट प्रस्ताव दाखिला गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, सार्वजनिक निकायले बोलपत्र खोल्ने तथा मूल्यांकन गर्ने काम विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नुपर्नेछ। हार्डकपीमार्फत पेस भएका बोलपत्रको विवरण भने अभिलेख, मुचुल्का र मूल्यांकन प्रतिवेदनमा अनिवार्य रूपमा उल्लेख गर्न कार्यालयले निर्देशन दिएको छ।
नयाँ प्रणाली सञ्चालनमा आएसँगै सार्वजनिक खरिद प्रक्रिया पुनः अघि बढ्ने भएको छ।




जलवायु परिवर्तनले नेपालमा पारेको क्षति
लागूऔषधसहित विभिन्न स्थानबाट १८ जना
खाद्य व्यवस्था कम्पनीको सीईओका लागि
राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक
रास्वपाका उम्मेदवार बन्न वैवाहिक अवस्था,
नारायणी नदीमा डुबेर आमा-छोरा बेपत्ता