काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी रिहा हुने भएका छन्।
काठमाडौं जिल्ला अदालतबाट कैदमुक्त गर्न पत्र प्राप्त भएपछि डिल्लीबजार कारागारले उनलाई रिहा गर्ने तयारी गरेको हो।
डिल्लीबजार कारागारका जेलर विक्रम पाण्डेका अनुसार रायमाझीलाई कात्तिक २६ गते रिहा गरिनेछ। उनले ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुटका लागि काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए।
अदालतले सोमबार उनलाई रिहा गर्न भन्दै कारागारमा पत्र पठाएको जेलर पाण्डेले जानकारी दिनुभयाे।
उहाँले भन्नुभयाे, ‘उहाँले ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुटका लागि निवेदन दिनुभएको थियो। अदालतले हिजो रिहा गर्न भन्दै पत्र पठाएको छ। कात्तिक २६ गते छोड्ने भन्ने छ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी २०८० वैशाख ३१ गते पक्राउ परेका थिए। उनलाई न्यायाधीश तेजबहादुर खड्काको इजलासले २०८३ असार ३० गते चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो।







दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु