काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्णरूपमा क्षति भएको थियो । स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नुवाकोटको देवीघाट शाखा विदुर नगरपालिकाको बट्टारमा स्थानान्तण गरेको छ । बट्टारमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको आतिथ्यतामा नयाँ शाखा उद्घाटन गरिएको हो ।
प्रमुख कार्यकारी अधिकृत पोखरेलले नुवाकोटस्थित देवीघाट शाखा पूर्णरूपमा क्षति भएको अवस्थामा स्थानीय ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा बट्टार शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभयो ।
बैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकांक परीक्षण तथा मधुमेह (सुगर) परीक्षणलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।







दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका
दुर्गा पूजाकाे भागदौडमा परी मृत्यु
बडादशैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं