मुगु । नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
छायाँनाथ रारा नगरपालिका-८ स्थित घना चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकहरूलाई नेपाली सेनाको हनुमानध्वज गुल्म सुरक्षित उद्धार गरेको हो ।
हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका-२ भण्डारी बाडाका १२ जना पर्यटकहरू रारा भ्रमणका क्रममा रमाइलो गर्दै अघि बढ्ने क्रममा गन्तव्य विर्सिएर चुच्चेमाराको जङ्गलमा अलपत्र परेका थिए । जङ्गलमा पर्यटकहरू फसेको र बाटो बिराएको खबर प्राप्त हुनासाथ हनुमानध्वज गुल्मबाट तत्कालै विशेष उद्धार टोली परिचालन गरिएको थियो ।
रातको समय र अप्ठ्यारो भूगोलका बाबजुद पनि सुरक्षाकर्मीहरूको तीव्र खोजी तथा उद्धार प्रयासका कारण राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारेको उहाँले जानकारी दिनुभयो । उद्धारपश्चात् उनीहरूलाई सल्लेरीस्थित होटलमा राखिएको गुल्मपति श्रेष्ठले जानकारी दिनुभयो ।
यस्ता घटनाले रारा क्षेत्रमा आउने पर्यटकहरूको सुरक्षा र व्यवस्थापन पक्षलाई लिएर गम्भीर प्रश्न उब्जाएको छ । स्थानीय बासिन्दाहरूकाअनुसार रारा घुम्न आउने पाहुनाहरूका लागि रारा सेरोफेरोमा तथा जुम्लाका विभिन्न भागबाट रारा पुग्ने पदमार्गहरूमा पर्याप्त मात्रामा लोकेसन साइनबोर्ड (सङ्केत पाटी), सूचना पाटी (इन्फर्मेसन बोर्ड) र तालिमप्राप्त ‘नेचर गाइड’ (प्रकृति पथप्रदर्शक) को व्यवस्थापन नहुँदा यस्ता समस्याहरू बारम्बार दोहोरिने गरेका छन् ।
देश विदेशबाट हजारौँ पर्यटकहरू भ्रमणका लागि रारा आउने गर्दछन् । तर, व्यवस्थित पदमार्ग, दिशा सूचक बोर्ड र सूचना केन्द्रहरूको अभावका कारण पहिलो पटक आउने पाहुनाहरू जङ्गलमा अलपत्र पर्ने र जोखिम मोल्न बाध्य हुने गरेका छन् ।




नेपाल क्लियरिङ हाउसको १५औँ साधारण
सांसद खगेन्द्र सुनार अडियो प्रकरण
देउवा समूहको निर्णय : कांग्रेसका
कांग्रेस महाधिवेशन : यी हुन्
एमाले अध्यक्ष ओलीद्वारा नीति अध्ययन
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम