बर्दिया । गुलरिया नगरपालिका-९ को वडा कार्यालयले अशक्त व्यक्तिहरुलाई पोलार ब्ल्याङ्केट वितरण गरेको छ । चालु आर्थिक वर्ष ०८३/०८४ को स्वीकृत वडा स्तरीय कार्यक्रमअन्तर्गत वडाले जेष्ठ नागरिक, एकल महिला र शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई सम्मान गर्दै मंगलबार ब्ल्याङ्केट वितरण गरेको हो । वडाले सम्मान गर्दै ब्ल्याङ्केट दिएपछि जेष्ठ नागरिक, एकल महिला र शारीरिक रुपमा अशक्त रहेका व्यक्तिहरु खुसी देखिएका थिए ।
रु ८ लाख ५० हजारको बजेटमा वडास्थित रहेका ८ सय २८ जना जेष्ठ नागरिक, एकल महिला र शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई पोलार ब्ल्याङ्केट वितरण गरिएको गुलरिया नगरपालिका-९ का वडा अध्यक्ष हरि प्रसाद पासीले बताउनुभयो । वडास्थित रहेका सम्पुर्ण जेष्ठ नागरिक, एकल महिला र अशक्त व्यक्तिहरुको प्राथमिकतामा राखी ब्ल्याङ्केट सहयोग तथा सम्मान कार्यक्रम राखिएको वडा अध्यक्ष पासीले जानकारी दिनुभयो ।
गर्मी सिजनमा लामखुट्टेबाट बचाउन झुल र जाडोबाट जोगाउन ब्ल्याङ्केट वितरण गरि सर्वसाधारणलाई स्थानीय सरकारको आभास गराएको गुलरिया नगरपालिकाकी उप-प्रमुख सावित्रा गौतमले बताउनुभयो ।






विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात
कति छ आज विदेशी मुद्राको