काठमाडौं । नायिका गरिमा शर्मा र सुरेश कोलीको अभिनय रहेको नयाँ गीत ‘जुनी र जुनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
वरिष्ठ गीतकार नारायणकुमार आचार्यको शब्द रचना रहेको गीतमा चर्चित गायिका मेलिना राई र गायक प्रशान्त शिवाकोटीको युगल स्वर रहेको छ ।
गीतमा लक्ष्मण पोखरेलको संगीत, मनोज चौलागाईंको एरेन्ज तथा प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको छ ।
भिडियोमा उत्सव दाहालको छायांकन, सन्तोष राजबागको कोरियोग्राफी र मीन रावलको सम्पादन रहेको छ । भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गर्नुभएको हो ।
ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको भिडियो राम्रो बनेको भन्दै गीतकार आचार्यले निर्देशक रुपाखेतीलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।






सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य
म्याग्दी विपद् संकटग्रस्त जिल्ला घोषित,
मन्त्रिपरिषद्को निर्णयः बिटौरी जग्गामा बसोवास