काठमाडौं । नेपाली मौलिक संस्कृति र परम्परा विश्वव्यापीरूपमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले ‘कुकुर तिहार रिल प्रतियोगिता-२०२६’ गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा बोर्डले उक्त डिजिटल अभियान सञ्चालनमा ल्याएको हो । प्रतियोगितामा उत्कृष्ट र सिर्जनात्मक रिल (छोटो भिडियो) निर्माण गर्ने एक जना विजेतालाई नगद एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने बोर्डले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परा झल्किने मौलिक भिडियो तयार गर्नुपर्नेछ । भिडियोलाई अन्तर्राष्ट्रिय दर्शकले समेत बुझ्न सक्ने गरी अंग्रेजी भाषामा वा अंग्रेजी सबटाइटल अथवा भ्वाइस ओभरसहित प्रस्तुत गर्नुपर्नेछ । सहभागीहरूले तयार पारेको भिडियो आफ्ना फेसबुक वा इन्स्टाग्राम अकाउन्टमार्फत् सार्वजनिक गर्नुपर्ने पनि बोर्डले जनाएको छ ।
प्रतियोगिताका लागि भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ सम्म तोकिएको छ । डिजिटल माध्यम र सामाजिक सञ्जाल अधिकतम प्रयोग गरी नेपालको विशिष्ट परम्परा अन्तर्राष्ट्रिय पर्यटन बजारमा ब्राण्डिङ गर्न प्रतियोगिताले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।







तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित
ऊर्जामन्त्री श्रेष्ठले भने : ‘देश
कांग्रेसमा प्रत्यक्ष सभापति निर्वाचित गर्ने