काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कार्यकाल बाँकी रहँदै जिम्मेवारीबाट हटाउने सरकारको निर्णय विवादमा परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारको उक्त निर्णय बदनियतपूर्ण, स्वेच्छाचारी र गैरकानुनी भएको टिप्पणी गर्नुभएको छ ।
त्रिपाठीले तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई जिम्मेवारीबाट हटाइएको पुरानो घटनालाई स्मरण गराउँदै सरकारले विगतका कानुनी नजिर र निर्णयको वैधताबारे विचार नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री र वामदेव गौतम गृहमन्त्री भएका बेला तत्कालीन प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई जिम्मेवारीबाट हटाइएको थियो । उक्त विषय अदालतसम्म पुगेको र पछि खरेल पुनः जिम्मेवारीमा फर्किएको नजिर छ ।’
पुराना नजिर र कानुनी वैधताको परीक्षण नगरी गरिएको निर्णयले गम्भीर परिणाम निम्त्याउन सक्ने उहाँको भनाइ छ ।
त्रिपाठीले यस्ता निर्णयले सुरक्षा निकायलाई गलत दिशामा लैजानुका साथै संस्थागत संरचनालाई कमजोर बनाउन सक्ने चेतावनीसमेत दिनुभयो ।
‘प्राविधिक रूपमा हेर्दा मन्त्रिपरिषद्लाई निर्णय गर्ने अधिकार रहे पनि जे पनि गर्न पाइँदैन । बन्दुक हातमा छ भन्दैमा जथाभावी पड्काउन पाइँदैन भनेजस्तै अधिकार छ भन्दैमा विवेकहीन निर्णय गर्न पनि पाइँदैन । संवेदनशील मामिलामा यसरी अपरिपक्व निर्णय गर्दा राज्य नै असफल हुन सक्छ,’ उहाँले भन्नुभयो ।
सरकारको निर्णय अदालतसम्म पुगेमा त्यसको कानुनी आधार, निर्णय प्रक्रियाको औचित्य र विवेकपूर्णता तथा विगतका नजिरलाई समेत आधार बनाएर न्यायिक परीक्षण हुन सक्ने त्रिपाठीले बताउनुभयो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तत्कालीन आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई नयाँ आईजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयप्रति विभिन्न राजनीतिक दलका नेता, अभियन्ता, कानुन व्यवसायी तथा सरोकारवालाले असन्तुष्टि जनाउन थालेका छन् ।
यसैबीच, पत्रकार हरिबहादुर थापाले पनि सरकारको निर्णयविरुद्ध अदालतले पुरानो नजिरलाई आधार मानेमा कार्की पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा फर्किन सक्ने टिप्पणी गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘अदालतले आफ्नै नजिरको पालना गर्यो भने कार्की फेरि कुर्सीमा फर्किनेछन् । अच्युतकृष्ण प्रकरणमा अदालती बोली : सरकारको निर्णय आधार, कारण र औचित्यविहीन मात्र नभई बदनियतपूर्ण भएकाले कानुनी राज्यको अवधारणाप्रतिकूल रहेको देखिँदा रीतपूर्वकको निर्णय भन्न नमिल्ने ।’







१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ