राप्रपा काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित दीपावली, नेपाल संवत्, छठ तथा सोनाम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारका कामकारबाही पारदर्शी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा लोकतन्त्रको नाममा सर्वसत्तावाद स्थापित हुने खतरा देखिएको टिप्पणी गर्नुभयो । विधि, नियम र कानुनी प्रक्रियाभन्दा आदेश र शक्तिका आधारमा मुलुक सञ्चालन गर्ने प्रवृत्तिले देशलाई गम्भीर सङ्कटतर्फ लैजान सक्ने उहाँको भनाइ थियो ।
लिङ्देनले प्रहरी महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउ र पुनः जिम्मेवारीमा फर्काउनेसम्मका घटनाबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने बताउनुभयो ।
त्यस्तै, सुनकोशी–मरिन डाइभर्सन आयोजनाको १६ अर्ब रुपैयाँको ठेक्का प्रक्रिया किन रोकिएको हो र त्यसबाट राज्यलाई के फाइदा भएको छ भन्ने विषय पनि सार्वजनिक हुनुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा जनमत र लोकतन्त्रको आडमा सर्वसत्तावाद स्थापित हुने खतरा देखिन थालेको छ । विधि र नियमभन्दा आदेश र लहरका आधारमा मुलुक चल्ने अवस्था सिर्जना भइरहेको छ । प्रहरी महानिरीक्षक परिवर्तनदेखि सरकारी अधिकारीहरूको पक्राउ र पुनः जिम्मेवारीमा फर्काउनेसम्मका घटनाबारे सरकारले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ । सुनकोशी–मरिन डाइभर्सन आयोजनाको १६ अर्बको ठेक्का प्रक्रिया किन रोकियो र त्यसबाट राज्यलाई के फाइदा भयो भन्ने कुरा पनि सार्वजनिक हुनुपर्छ ।’
अध्यक्ष लिङ्देनले राप्रपाको भविष्यप्रति निराश नहुन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आगामी राजनीतिक नेतृत्वका लागि पार्टीलाई तयार पार्नुपर्ने बताउनुभयो ।
उहाँले अबको समय राप्रपाको भएको दाबी गर्दै पार्टीलाई थप सुदृढ र सङ्गठित बनाएर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
‘अबको समय राप्रपाको हो । आउने समयको नेतृत्वका लागि राप्रपा तयार हुनुपर्ने बेला आएको छ । देशलाई सम्भावित दुर्घटनाबाट जोगाउन पनि राप्रपा बलियो हुन जरुरी छ । त्यसैले पार्टीका नेता तथा कार्यकर्ता निराश नभई उच्च मनोबलका साथ अघि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो ।
लिङ्देनले नेपालको राजनीति नेता, कर्मचारी, व्यापारी र न्यायालयसँग जोडिएका बिचौलियाको प्रभावमा परेको आफ्नो पुरानो विश्लेषण सही साबित हुँदै गएको दाबी गर्नुभयो । वर्तमान सरकारले पनि विगतकै प्रवृत्तिलाई निरन्तरता दिएको देखिन थालेको उहाँको टिप्पणी थियो ।
पार्टीभित्र व्यक्तिगत तथा व्यावसायिक स्वार्थका आधारमा सङ्गठन प्रयोग गर्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिँदै उहाँले आगामी महाधिवेशनबाट सुधारिएको, परिवर्तित र सङ्गठित राप्रपा निर्माण गरेर जनतामाझ जानुपर्ने बताउनुभयो ।






जलवायु परिवर्तनको असर विश्वसामु पुर्याउन
काँग्रेस महाधिवेशनः ५ हजार ६
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,