काठमाडौं । कवि सूर्यप्रसाद लाकोजूले नवीन कवितासंग्रह ‘एक झुल्को घाम’को परिचर्चा गरिएको छ । देवाः पत्रकार राष्ट्रिय दबूः काभ्रे शाखाको आयोजनामा सम्पन्न सो परिचर्चा कार्यक्रममा देवा पत्रकार राष्ट्रिय दवूका केन्द्रीय सचिव राजु नापितले आउँदै गरेको तिहारको शुभकामना दिँदै नेपाली साहित्यमा सूर्य लाकोजु जस्ता जनजातिको प्रतिनिधित्व गर्ने साहित्यकारहरूको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
कवि लाकोजूले कविता सदैव सकारात्मक सन्देश बोकेको हुनुपर्ने विचार व्यक्त गर्नुभयो । कविताले सदैव सद्भाव, समभाव र सहभावको चेतना छर्नुपर्ने भनाइ राख्नुभयो ।
साहित्यकार तथा पत्रकार हरिसुन्दर छुकांले पुस्तकमाथि आफ्नो समालोचकीय टिप्पणी प्रस्तुत गर्नुभएको थियो । उहाँले कविताहरू घामजस्तै उज्याला र बलिया रहेको जिकिर गर्नुभयो । उहाँले कृतिमा समेटिएका कविताका विषयवस्तु, भाव, शैली, सामाजिक चेतना तथा कविको काव्यचेतनाका विविध पक्षबारे चर्चा गर्नुभएको थियो ।
समारोहमा साहित्यकार कृष्णकुमार वैद्य, नवराज दाहल उत्साही, विजयराम कर्माचार्य, सिद्धिबहादुर कर्माचार्य, पत्रकार इन्द्रबहादुर थापा, सनम सुवाल, विपशना शाक्य, अञ्जली तामाङ, हर्षनारायण कर्माचार्य, टीकाभक्त भोछिभोया, दीलिप श्रेष्ठ, विश्वराम मानन्धर, अर्चना कर्माचार्यलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम देवाः पत्रकार राष्ट्रिय दबूः काभ्रे शाखाका सभापति शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
तीन दर्जनभन्दा बढी कृतिका सर्जक लाकोजूले नेपाली साहित्यका कविता, मुक्तक, गीत, निबन्ध, हाइकु, नियात्रा, अनुसन्धान, अनुवाद, कथा जस्ता विधामा कलम चलाइरहनुभएको छ । यस कृतिसँगै उहाँ सात कवितासंग्रहका सर्जक हुनुहुन्छ । घाम कविको रूपमा लोकप्रिय लाकोजू लामो समयदेखि साहित्यिक पत्रकारितामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।







नयाँ बसपार्कमा अग्रिम टिकट लिन
विपद् प्रभावित बेनी–जोमसोम कोरला सडकमा
डोको बुन्दै, सीप सिकाउँदै
कालीगण्डकी पुलको तनहुँतर्फको पहुँँच सडक
‘लमजुङ दरबार’सँगै बाँचेको माया
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात