काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्की सर्वोच्च अदालत पुग्नुभएको छ ।
कार्कीका तर्फबाट उहाँका कानुन व्यवसायीहरू केहीबेरअघि रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन् । आफूलाई पदबाट हटाउने सरकारको निर्णय अन्यायपूर्ण भएको भन्दै उहाँले अदालतको ढोका ढकढक्याउनु भएकाे हो ।
सरकारले बुधबार मात्रै कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई उक्त पदबाट हटाउने र रिक्त स्थानमा एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछि कार्कीका तर्फबाट पेस गरिएको रिट निवेदन दर्ता हुने वा नहुने भन्ने विषयमा टुंगो लाग्नेछ ।






भोटेकोशी बाढी प्रभावित डेरी व्यवसायीलाई
कानून निर्माणमा संसद कमजोर देखियो
‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान
भोटेकोशी बाढीपीडितका लागि रेडक्रसले बनाउने
दाङमा दुई मोटरसाइकल ठोक्किँदा एक
विजयादशमी : आफ्नै अहंकारमाथि विजयको