काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत बिहीबारको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए । जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २–२ विकेट लिए ।
हाल पाँच अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी जनकपुरलाई पराजित गर्दै आफ्नो स्थान थप मजबुत बनाउने लक्ष्यमा छ । यता, लुम्बिनीलाई हराउन सके जनकपुरले पनि शीर्ष स्थानमा पुग्ने अवसर पाउनेछ । त्यसैले दुवै टोलीका लागि यो खेल अंक तालिकाको शीर्ष स्थानसँग जोडिएको छ ।
यसैबीच, बिहीबार नै साँझ ५ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
चार खेल खेलेको विराटनगरले दुई जित र दुई हारसहित चार अंक जोडेको छ । यस्तै, दुई खेल खेलेको काठमाडौंले एक जित र एक हार बेहोरेको छ ।






अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा
एमालेको केन्द्रीय कमिटीमा १३ जना
गेरुवा नदीमा माछा मार्न गएकी