काठमाडौं । आगामी डिसेम्बर ९ र १० गते आयोजना हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन–२०२६ मा १७ अर्ब अमेरिकी डलर बराबरका पूर्वाधार परियोजना प्रदर्शन गरिने भएको छ ।
पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) को संयुक्त आयोजनामा हुने सम्मेलनमा पूर्वाधार क्षेत्रका विभिन्न परियोजना लगानीका लागि प्रस्तुत गरिने भएको हो ।
काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले सम्मेलनको तयारी र उद्देश्यबारे जानकारी दिएका हुन् ।
कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सम्मेलनमा लगानीका लागि भएका कानुनी तथा नीतिगत सुधारका विषयसमेत प्रस्तुत गरिने जानकारी दिनुभयो ।
उहाँले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले विभिन्न कानुनी सुधार गरेको उल्लेख गर्दै ५९ वटा कानुनको मस्यौदा तयार भइसकेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसहित सरकारी अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सम्मेलनले पूर्वाधार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्नुका साथै ठूला परियोजनाको विकास र कार्यान्वयनका लागि लगानीकर्ता तथा सरोकारवालाबीच सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ ।







हराउन थाले दसैँका परम्परागत पिङ
अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न
नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप
श्रीमान् गुमाएपछि छ सन्तानको भविष्यको
चलचित्र कलाकार संघको बडादशैं शुभकामना
प्रस्तावित राजदुतविरुद्ध उजुरी दिएका उजुरीकर्ता