काठमाडाैं । जनकपुर बोल्ट्सका प्रशिक्षक शिवनारिन चन्द्रपलले खेलाडीहरूले पाएका अवसर सदुपयोग गर्न नसक्दा टोलीको प्रदर्शन प्रभावित भएको बताउनुभएको छ ।
उहाँले विदेशी खेलाडी मोइन अलीको अनुभवले टोलीलाई ठूलो मद्दत पुगिरहेको उल्लेख गर्दै उहाँ टोलीमा नहुँदा ब्याटिङ र बलिङ दुवै पक्षमा असर परेको बताउनुभयो ।
प्रशिक्षक चन्द्रपलका अनुसार टोलीको जितका लागि विदेशी खेलाडीसँगै घरेलु खेलाडीले पनि आफ्नो भूमिकाअनुसार योगदान दिन आवश्यक छ । तर घरेलु खेलाडीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको उहाँको भनाइ छ ।
उहाँले सबै खेलाडी एकजुट भएर टिम भावनाका साथ खेल्न सके मात्रै जित सम्भव हुने बताउनुभयो । आफ्नो टोलीले यस पक्षमा कमजोरी गरेको स्वीकार गर्दै आगामी खेलमा सुधार गरेर जित निकाल्ने विश्वास पनि व्यक्त गर्नुभयो ।







अनरको ‘तीन चाडको बहार’ :
नेपाली कांग्रेसको १५औँ महाधिवेशन :
तीस अर्ब रूपैयाँ निक्षेप तान्दै
राष्ट्रपति पौडेलसमक्ष थारू आयोग र
कोरिया पठाइदिने भन्दै ठगी गरेको
हावाहुरी र वर्षाका कारण प्रभावित