काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहनुभएका मिस्रीले बिहीबार सभापति लामिछानेसँग भेट गर्नुभएको हो ।
भेटका क्रममा सभापति लामिछानेले आफ्नो विगतको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उहाँले नेपालले विकास र आर्थिक कूटनीतिलाई प्राथमिकता दिइरहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
भेटवार्तामा लामिछाने र भारतीय विदेश सचिव मिस्रीबीच नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धका विभिन्न पक्षमा छलफल भएको जनाइएको छ ।







झापाबाट काठमाडौँ आउँदै गरेको हायस
दुई दिन महाअष्टमी, आज पनि
दसैँले गाउँबस्तीमा बढायो रौनक
आज नेपालले ओमानसँग खेल्दै, शिर्ष
होल्डिङ सेन्टरका सुकुम्बासीकाे गुनासाे :
प्राकृतिक विपद्का कारण तीन जिल्लाका