भोजपुर । संखुवासभा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा घरेलु टोली लोहरुङ क्लब पाङ्मालाई पराजित गर्दै सेकाहा सामुदायिक क्लब फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार खाँदबारीस्थित महेन्द्र माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा सेकाहाले लोहरुङलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १३औँ मिनेटमा विनोद राईले गोल गर्दै सेकाहालाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि अर्थात् १७औँ मिनेटमा सविन राईले अर्को गोल थपेपछि सेकाहा पहिलो हाफमै २–० ले अघि बढेको थियो ।
दुई गोलले पछि परेको लोहरुङले खेलमा फर्किने प्रयास गर्दै ७७औँ मिनेटमा मिलन राईमार्फत एक गोल फर्कायो । तर, खेलको ८०औँ मिनेटमा विनोद राईले व्यक्तिगत दोस्रो गोल गरेपछि सेकाहाले ३–१ को जित सुनिश्चित गर्यो ।
यस जितसँगै सेकाहाले शुक्रबार दिउँसो हुने फाइनलमा उपाधिका लागि सुनसरीको न्यु स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलबाट न्यु स्टार फाइनलमा पुगेको आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स) का अध्यक्ष प्रकाश घिमिरेले जानकारी दिनुभयो ।
कार्तिक १६ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक अरुण उपत्यका सामुदायिक विकास क्लब (एड्भान्स), सुनसरीको न्यु स्टार क्लब, सिरहाको सलहेश युवा क्लब, लोहरुङ क्लब पाङ्मा, काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड, खाँदबारी युथ क्लब, झापा–११ फुटबल क्लब र सेकाहा सामुदायिक विकास क्लब गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टोलीले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्तालाई जनही सात हजार रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ द म्याच’लाई पाँच हजार रुपैयाँ दिइनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा