असफल हुँदै चीनको शून्य कोभिड नीति

बेइजिङ । चीनको कोभिड शून्य नीति असफल हुँदै गएको छ । पछिल्लो समयमा नयाँ क्षेत्रहरू विशेष गरी तिब्बत र हाइनानका पर्यटन केन्द्रहरू कोरोनाभाइरस संक्रमणलको चपेटामा परेका छन् भने आकस्मिक रुपमा गरिएको लकडाउनका कारण ती क्षेत्रमा हजारौं पर्यटक अलपत्र परेका छन् । पुराना संक्रमित क्षेत्र हटस्पट बनिरहेका बेला कोरोना भाइरसको संक्रमण नयाँ क्षेत्रमा फैलिरहेको छ ।

सार्वजनिक आवागमनमा प्रतिबन्ध लगाइएकाले जीविकोपार्जनमा असर गरेको छ । एशियन लाइट इन्टरनेसनलका अनुसार मानिसहरूलाई असहाय बनाउँदै कोरोनाभाइरस संक्रमण चीनका नयाँ क्षेत्रमा फैलिरहेको छ ।

आकस्मिक रुपमा गरिएको लकडाउनका कारण अहिले हजारौं पर्यटक अलपत्र परेका छन् । विडम्बनाको कुरा के हो भने २०२१ को सुरुमा चीन कोभिड–१९ बाट मुक्त भएको घोषणा गर्ने पहिलो देश बनेको थियो ।

कोभिडका कारण पूर्वी चीनदेखि पश्चिम चीनका विभिन्न क्षेत्रमा लकडाउन घोषणा गरिएको छ ।

कोभिड–१९ को महामारी चीनबाट सुरु भई जंगलको डढेलो झैं विश्वभर फैलिएपछि मात्रै एक जनामा लक्षणविहीन बिरामी रिपोर्ट गरेको थियो । केही दिन अघि तिब्बतले २८ नयाँ संक्रमित फेला पारेको जनाएका छ, जसका कारण यस क्षेत्रमा त्रास फैलाएको छ । एजेन्सी

चीनको वुहानमा फेरि लकडाउन, भेटियो नयाँ कोरोना संक्रमित

वुहान । चीनको वुहान सहरको ठूलो क्षेत्रमा चार जनामा नयाँ कोरोना संक्रमित भेटिएपछि फेरि लकडाउन लगाइएको छ । कोरोना भाइरसको पहिलो केस वुहानमा नै देखा परेको थियो ।

बिबिसीका अनुसार वुहानको जिआङ्जिया क्षेत्रमा चार जनामा ​​कोरोनाको संक्रमण भेटिएको थियो, जसमा कुनै पनि लक्षण देखिएको थिएन। त्यसपछि उक्त क्षेत्रका मानिसहरूलाई तीन दिनसम्म घरभित्रै बस्न निर्देशन दिइएको छ । जियाङ्शियामा करिब १० लाख मानिस बस्छन्।

चीनले कोभिड भाइरससँग लड्न ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसअन्तर्गत ठूलो मात्रामा कोभिड परीक्षण, कडा आइसोलेसन र स्थानीय लकडाउन जस्ता कदमहरू चालिएका छन्।

यसो गर्दा चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या धेरै देशको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। ‘जिरो कोभिड’ रणनीतिले बढ्दो विरोधको सामना गर्नु परेको छ किनभने यसका कारण मानिसहरू र व्यवसायहरूले प्रतिबन्धको सामना गरिरहेका छन्।

१२ लाख जनसंख्या भएको वुहान सहरमा नियमित रुपमा कोरोना परीक्षण गरिन्छ । दुई दिनअघि दुईवटा घटना बाहिर आएका थिए । यसपछि उनको सम्पर्कमा आएका व्यक्तिहरुको पनि अनुसन्धान गरी थप दुईवटा घटना पत्ता लागेको थियो ।

त्यसको केही समयपछि लकडाउनको आदेश जारी भयो । सन् २०२० को सुरुमा वुहानको चर्चा विश्वभर भएको थियो किनभने वैज्ञानिकहरूले यहाँ नयाँ कोरोना भाइरस पत्ता लगाएपछि वुहानमा कडा लकडाउन लगाइएको थियो । एजेन्सी