यामाहा र चार्टर्ड एकाउन्टेन्ट संस्थाबीच सहकार्य

काठमाडौं । नेपालस्थित यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज र नेपाल चार्डर्ड एकाउन्टेन्ट संघबीच व्यापारिक सम्झौता भएको छ । सम्झौताअन्तर्गत संघका कर्मचारीले सहुलियत तथा सुविधाजनक किस्तामा यामाहाका बाइक र स्कुटर लिन सक्नेछन् ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले संघलाई सम्झौताअनुरूप आफ्ना बाइक तथा स्कुटर लिन सहज तथा अनुकूल वातावरण सिर्जना गरी सहयोग पुर्‍याउने बताउनुभएको छ ।