संस्कृति र पर्वमाथिको आक्रमण

✍️ डा.गणेशप्रसाद घिमिरे

देश आफैँमा संस्कृति होइन । देशमा निवास गर्ने मानिसहरूले मनाउने विभिन्न पर्वहरू संस्कृतिको पर्याय बनेर आएका हुुन्छन् । त्यसैले संस्कृतिको महिमा र पहिचान मानिसको रगतसित जोडिएर आएको हुुन्छ । त्यही देशको संस्कृति पनि बनेको हुुन्छ । आज हामी नेपालीको पहिचान संस्कृतिको महिमाबाट भएको देखिन्छ । हाम्रो देश नेपाल जाति, भाषा, धर्म, संस्कृतिको विविधताले युुक्त छ । यही विविधतामा एकताको पहिचान नै संस्कृतिको मूल्य मान्यता पनि हो नेपालका लागि सजिएको पहिचान हो हाम्रो संस्कृति । हामी नेपालीहरूको परम्पराप्रति आस्था र विश्वास अथाह छ । आस्था र विश्वासमा हुुर्केको नेपाली पहिचानलाई सबैले सम्मान गर्नु आजको आवश्यकता र महत्व हो ।

संस्कृति आफ्नो देशको पहिचान हो । यही संस्कृतिको मान्यताबाट विश्वले देशलाई चिनेको हुुन्छ । जाति, धर्म, संस्कार र भाषामा विविधता भए पनि नेपाल एकसूूत्रमा बाँधिएको देश हो । नेपालले संसारमा आफ्नो पहिचान विविधताले युुक्त भएर पनि एकतामा बाँधिएको देशका रूपमा गराएको छ । नेपालले विविध संस्कृतिको परिवारमा हुर्केर पनि एक परिवारको मान्यतामा बाँच्न संसारलाई सिकाएको छ । हामी संसारका संस्कृतिमध्ये धनी संस्कृति लिएर हुर्केका देशवासी हौँ । तिनै संस्कृतिको एउटा पहिचान हिन्दू नारीहरूको पर्व हरितालिका तीज हो ।

हरितालिका (तीज) के हो ?
करचित्रानलक्र्षेषुु हरौ सूर्ये चतुुर्थिका हरिताली समाख्याता रुद्राणीप्रीतिदा सदा । कर (हस्ता) चित्रा निल (स्वाती) नक्षत्रमा चन्द्रमा र सिंह राशीमा सूर्य भएको हरितालिका पर्व पार्वतीका लागि प्रियकर मानिएको हुुन्छ । हरितालिका पर्व पार्वतीको उपासनामा केन्द्रित र शिवको पूजनमा प्रमाणिक मानिएको पर्व हो । हाम्रो सनातन परम्परा र हिन्दू संस्कृतिले ब्रहृमालाई सृष्टिकर्ता, विष्णुलाई पालन र शिवलाई संहारकर्ताका रूपमा मानेको छ । यी त्रिदेवमध्ये शिवलाई प्राप्त गर्ने अभिलाषा बोकेर हिमालयपुुत्री पार्वती व्रतमा रहिन् ।

त्यही व्रतका प्रभावले उनले शिवलाई प्राप्त गरेको तथ्य शास्त्रहरूले वर्णन गरेका छन् । शिवलाई प्राप्त गर्न गरिएको आराधना, तपस्याका समयमा उनी निराहार रहिन् भन्ने श्रुुति र स्मृति परम्पराले देखाएको छ । यी शास्त्रका प्रमाण मानिन्छन् । यही मानिँदै आएको पनि पाइन्छ । पार्वतीले शिवलाई यही व्रतका प्रभावले प्राप्त गरेको हुनाले उनको पूजा आजका हिन्दूू नारीहरूले गर्ने गर्दछन् । हिन्दूू नारीहरूको व्रतको मुुख्य उद्देश्य अविवाहितका लागि असल, सुयोग्य जीवनसाथी प्राप्त होस् भन्ने हो । विवाहित नारीका लागि पतिको आयुु लामो होस् । पतिको अघि मलाई मृत्युु प्राप्त होस् र वैधव्य जीवन व्यतीत गर्न नपरोस् भन्ने नै हो । हरितालिका तीज सधवा नारीहरूको पर्व हो । पार्वतीले शिव प्राप्त गरेको खुशीमा रातभरि जाग्राम बसेर खुुशी मनाइन् । आज पनि नारीहरूले रातभर जाग्राम बसेर तीजका गीत गाएर खुुशी साट्ने गरेका हुुन्छन् । वर्षभरि पतिका घरमा रहेकी चेली माइतीघरमा आउने, आमाको न्यानो काखमा शिर राखेर पतिघरका सबै दुुःख बिर्सने, आमाले पकाएको मीठोमसिनो खाएर तीज मनाउनु मुख्य उद्देश्य रहेको थियो । त्यसैले हरितालिका तीज सधवा नारीहरूको व्रत मानिन्छ ।

हालका दिनमा संस्कार र संस्कृतिको धज्जी उडाउन थालियो गीतका माध्यमबाट । पतिको लामो आयुुका लागि व्रत बस्ने र गीतमा मैले पनि पाल्न सक्छुु मेरो आफ्नो पोइ भन्दै कुर्लने प्रवृत्तिले संस्कृति र पर्वलाई संरक्षण गरेको छ त ?

नारीहरूले विवाह गरिसकेपछि पतिका लागि र अविवाहित नारीहरूले असल पति प्राप्तिको चाह नै हरितालिका तीज व्रतको महत्व मानिएको हो । वर्षभरिका सबै दुुःखलाई नारीहरूले गीतका माध्यमबाट पोखेर, आमाका काखमा निदाएर बिर्सिने गर्दछन् । वर्षभरि पतिका घरमा पाएका दुुःख, सासुुससुुराले दिएको बुहार्तन, नन्द अमाजुुबाट प्राप्त पीडालाई गीतकै माध्यमबाट बाहिर ल्याउने परम्परामा तीजका गीतलाई पर्वगीतका रूपमा मानिएको छ । लोकपरम्परामा रहेका एक पुुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण भएका गीतहरूलाई लोकगीत भनिन्छ । ती लोकगीतको पर्वगीतका रूपमा आउने गीत हो तीजको गीत ।

संस्कृति र पर्वमाथिको आक्रमण
संस्कृति मानिसको पहिचान हो भने पर्व मानिसले मनाउने क्रिया हो । पर्वका माध्यमबाट मानिसले अथवा भनौँ कुनै सम्प्रदायले आफ्नो चिनारीलाई बाहिर ल्याएको हुुन्छ । तीज पर्व वा हरितालिका पर्व नेपाली महिलाहरूको संस्कृतिको पहिचान हो भने उक्त अवसरमा गाइने गीत नारीवेदनाको पोको हो । नारीका मनभित्रको पोको फुकाउँना साथ गाउने र नाच्ने नारीहरूका आँखा रसाउने गर्दथे । गहभरि आँसुु लिएर, मनभरि पिर बोकेर, जीवनका रहेकपलमा पतिको साथको कामनासहित माथलाई झुुकाउँदै गीतका लय आउने गर्दथे ।

यी गीत हरियालीमा हुर्केका, साउनको झरीमा भिजेका, नन्द, अमाजुु सासुुससुुराको बुहार्तन सहेका, कोकिल कण्ठबाट निक्लने आवाज हुने गर्दथे । मादलको तालमा नाचेर दर्शकलाई रनभुल्न पार्ने नारी, गाएर स्रोताको मनलाई जित्ने नारी, दुुःखलाई बिर्सेर निराहार व्रत बस्ने नारी, पतिका लागि सधैँ जीवन समर्पित गर्ने नारी नै तीजेगीतका संवाहक हुने गर्दथे । ती गीतमा खुुशी, वेदना, दुुःख, पीडा, व्यथा, हाँसो रोदन मिसिएको हुुन्थ्यो ।

आज हामी सञ्चार प्रविधिको विकासमा रमेका छौँ । प्रविधिको विकाससँगै संस्कार मान्ने र पर्वहरू मनाउने तरिकामा परिवर्तन आयो । हामी एक्काइसौँ शताब्दीका मानिस । समानताको वकालत गर्ने नारी, समान अधिकार खोज्ने नारी, जीवन भोगाइको हिस्सामा आफ्नो पहिचान चाहने नारीका आफ्नै विरह, वेदनाले भरिएका गीतहरू बाहिर आउन थाले । भदौमा पर्ने तीजका गीत चैतदेखि नै विभिन्न टेलिभिजन रेडियो र पत्रपत्रिकाका समाचार हुन थाले । संस्कार र संस्कृतिको धज्जी उडाउन थालियो गीतका माध्यमबाट । पतिको लामो आयुुका लागि व्रत बस्ने र गीतमा मैले पनि पाल्न सक्छुु मेरो आफ्नो पोइ भन्दै कुर्लने प्रवृत्तिले संस्कृति र पर्वलाई संरक्षण गरेको छ त ?

हरितालिका पार्वतीले शिव प्राप्तिका लागि गरेको व्रत हो । हामीलाई चाडवाड आफ्नै तरिकाले मनाउने छुुट छ । हामी स्वतन्त्र छौँ । हाम्रा पर्वहरू मनाउने प्रक्रिया पनि स्वतन्त्र हुनुपर्दछ भन्ने तर्कहरू पनि आउने गरेका छन् । स्वतन्त्रता संस्कृति र पर्वमाथिको आक्रमण बन्नु हुुँदैन । पर्वका निमित्त गाइने गीत र त्यहाँ प्रयोग भएका शब्दले कसैको भावना र संस्कारमाथि चोट पुु¥याउनुु हुुँदैन । विगत केही वर्षदेखि गाइने तीजका गीतमा संस्कार, परम्परा, मान्यता र पारिवारिक परम्पराको उछित्तो काढेको देखिन्छ । गीतको पहिचान गीतका शब्द र त्यसमा भरिने सङ्गीतले दिने गरेका हुुन्छन् । शब्दमा देखिने मिठास, शब्दको प्रयोगमा आउने सरसता, भावमा देखिने सरलताले नै गीतलाई जीवन्त बनाएका हुुन्छन् । मायालुुले बोलायो बेलुुका जाम कि नजाम म । के हुुन्छ होला है बिहेको राति, अँध्यारो कोठामा अञ्जान साथी, सम्झेर गैसक्यो सातो बरिलै । जस्ता तीजेगीतका बोलले संस्कारलाई जीवन्त बनाएका छन् त ? यी गीत त यो सालका तीजेगीतका केही उदाहरणमात्र हुुन् । तीजका गीतमा महिला र पुुरुषको गायनले नयाँ मान्यता प्रदान गरेको छ । एकातिर मनोरञ्जन छ भने अर्कोतिर समाजका दुुवै सारथीको प्रयोग गीतमा भएको छ । यसलाई राम्रो पक्ष मान्न सकिन्छ ।

दर्शकले नाच मन पराउँछन् । रातो सारीमा सजिएका नारीहरूको नृत्यले एकप्रकारको आनन्द र गीतमा प्रयोग भएका कर्णमधुुर शब्दले दिने मिठासले पर्व वा समाजको प्रतिनिधित्व गरेका हुुन्छन् । सारीका ठाउँमा साया लगाएरमात्र गाइने गीतले कहिले पनि संस्कृतिको जर्गेना गरेका हुुँदैनन् । गीतको सौन्दर्य शब्दमा हुुन्छ । शब्दको मोहनीले गीत सुुन्ने श्रोतालाई आनन्दको अनुुभूति दिनुुपर्दछ । गीतमा रहने शब्द र शब्दको गहिराइमा देखिने अर्थले नै श्रोता र दर्शकको मनलाई जितेका हुुन्छन् ।

हरितालिका व्रत :
हरितालिकाको महत्व शिवको उपासनासित जोडिएको छ । यो जोडिनुुमा नारीको महिमा र उनीहरूले गर्ने व्रतमा विद्यमान रहेको पाइन्छ । नारीहरूले व्रत बसेर आफ्नो जीवनसाथीको आयुु, आरोग्य, स्वास्थ्यको सलामती चाहन्छन् । आफू कहिले पनि विधवा हुुनुु नपरोस् भन्ने कामना गर्दछन् । यस्तो अवसरमा गाइने गीतले संस्कारको खिल्ली उडाउनुु हुुँदैन । परम्परा र मान्यतालाई सदा जीवन्त बनाउनुपर्दछ । यही कुरालाई गीतकारले ध्यान दिनुु अति आवश्यक मानिने गरिन्छ ।

गीतमा भरिने सङ्गीतले गीतको महत्व र त्यसमा विद्यमान भावलाई दर्शाएका हु्न्छन् । भावको गम्भीरता र गीतको बोलले दिने सन्देश समाजका लागि हितकर मानिएको हुुन्छ । यदि हितकर नहुुने हो भने समाज उहिले नै क्षतविक्षत हुने थियो ।

तीजमा गाइने गीतले नारीको भाव र नारीको सौन्दर्यको वर्णन गर्नुपर्ने हुुन्छ । आजका गीतले भोलिका पुुस्तालाई सिकाउने हो । पुुस्तान्तणरणको क्रममा देखिएका नारीको कोमलता र त्यसले व्यक्त गर्ने भावलाई जीवन्त बनाउनु हो । पर्वमा गाइने गीतमा समाजको संरचना र बनोटप्रति असन्तोष, चेतनाको दीपक, समाजमा विद्यमान नराम्रा प्रवृत्ति र पद्यतिप्रति व्यङ्ग्य हुुनुु आवश्यक मानिएको हुुन्छ ।

गीतमा भरिने सङ्गीतले गीतको महत्व र त्यसमा विद्यमान भावलाई दर्शाएका हु्न्छन् । भावको गम्भीरता र गीतको बोलले दिने सन्देश समाजका लागि हितकर मानिएको हुुन्छ । यदि हितकर नहुुने हो भने समाज उहिले नै क्षतविक्षत हुने थियो । गीतको भाव र गीतले व्यक्त गर्ने सन्देश समाजको उत्थानका लागि होस् । गीत बाहिर ल्याउने विरोध भएपछि सामाजिक सञ्जालमा माफी माग्ने प्रवृत्तिको अन्त्य हुुनुु आवश्यक छ । यस किसिमको प्रवृत्ति प्रत्येक साल दोहरिएको छ । श्रुुतिपरम्पराबाट आएको, समाजमा हस्तान्तरित हुने समाजको संवाहक हो लोकगीत । त्यही लोकगीतमध्ये पर्वगीतमा पर्ने गीतलाई तीजेगीत मानिएको पाइन्छ । ती तीजमा गाइने गीत समाज सुुधार्ने खालका बन्नुपर्दछ । यस किसिमका गीतले मानिसको भावनालाई सदा जीवन्त बनाएर राखेको हुुनुुपर्दछ । गीतका बोल परिवारसहित सुुन्न नसकिने, समाज सुुधार्नुुभन्दा बिगार्नेतर्फ केन्द्रित हुने, गीतमा प्रयोग गरिने वस्त्रले समाजमा बेथितिको अवस्था बाहिर ल्याउने सम्भावना देखियो भने समाजको सुुधार हुन नसक्ने निश्चितप्रायः छ ।

गीत लेख्ने गीतकारले गीतमा संयोजन गर्ने शब्दको चयनमा विशेष ध्यान दिनुु आवश्यक मानिएको छ । गीतका भावले हाम्रो पहिचानलाई तहसनहस पार्न खोजे, हाम्रो मौलिक संस्कारमाथि आक्रमण गर्न खोजे, पर्वको मूल मान्यतालाई जीवन्त बनाउन सकेनन् भने संस्कारप्रतिको आक्रमण नै मानिनेछ । यस्तो आक्रमण बन्द होस् भन्ने कामनासहित ।