चुनावी तालमेल, कम्युनिष्ट एकताको प्रश्न र स्वार्थको खेल

✍️ डा. डीआर उपाध्याय

आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनलाई लिएर दलहरूमा गठबन्धको बहस भइरहेको छ । सत्तारूढ दलहरूबीच तालमेल हुने नहुने विषय चर्चामै छ भने अन्य दल पनि यमिा देखिएका छन् । दलहरूका आ–आफ्नै स्वार्थ अनुरूप र चुनावपछि देखिने संसदीय गणितलाई समेत विचार गर्दै दलहरू आ-आफ्ना रणनीति बनाउन तल्लिन देखिएका छन् यति बेला । यस्तैमा कम्युष्ट घटकबीच चुनावी तालमेलका बहस पनि भइरहेका छन् ।

नेपालका कम्युनिष्टहरू धेरै पटक विभाजन र धेरै पटक एकता भएका छन् । कम्युनिष्टहरू सैद्धान्तिक र वैचारिक आधारमा विभाजन भएका छैनन् । उनीहरूमा नेताहरूको इगोका कारण विभाजन भएको देखिन्छ । कम्युनिष्टहरूमा दीर्घकालीन सोच, वैचारिक आधार स्पष्ट छैन । पद, प्रतिष्ठाले कम्युनिष्ट आन्दोलन कमजोर बनाएको छ । पछिल्लो समयमा आएर कम्युनिष्टहरू लोकतन्त्र, राष्ट्रियता, जनजीविका, श्रमजीवी सर्वहारा वर्गको हितको कुरा गर्छन तर व्यवहारमा सिन्कोसमेत भाँच्न सकेका छैनन् । कम्युनिष्ट एकताको डम्फु धेरै पटक बज्यो तर सार्थकता पाउन भने सकेको छैन ।

पुराना नेताहरूले पद छोड्न तयार छैनन् । युवा पुस्तालाई नेतृत्व दिन कम्युनिष्ट नेताहरू हत्तपत्त तयार देखिदैनन् । त्यसो भएर पनि कम्युनिष्ट एकतामा समस्या देखिएको छ । विगतमा कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेका नेताहरूले किन पद छोडन तयार छैनन् ? यो नै गम्भीर प्रश्न हो । आफ्नो व्यक्तिगत पदीय स्वार्थ नेताहरूले छोडन सक्नुपर्छ । सधै भरी नेतृत्वमा आफूमात्र रहने नेताहरूको यो संस्कारले कम्युनिष्ट आन्दोलन कमजोर बन्दै गएको छ । पद, प्रतिष्ठाभन्दा कम्युनिष्ट आन्दोलन महŒवपूर्ण कुरा हो भन्र्ने चेत नेताहरूमा पलाउन जरुरी छ । कम्युनिष्ट नेताहरूले आफ्ना कमजोरी स्वीकार गर्ने बानी बसाल्नुपर्छ ।

पार्टीहरू फुट्नुभन्दा जुट्नु नै राम्रो हो तर स्वार्थका लागि पार्टी जुटे पनि फेरि फुट्ने खतरा उत्तिकै छ । नेपालका कम्युनिष्ट पार्टी धेरै पटक फुटे धेरै पटक जुटे । स्वार्थ मिल्दा जुटे स्वार्थ नमिल्दा फुटे यसको के अर्थ ?

त्यसो भयो भने मात्र कार्यकर्ताहरूले विश्वास गर्ने ठाउँ रहन्छ । मूलधारका कम्युनिष्टहरू प्रतिस्पर्धाको राजनीति बाटो समातेका छन् । उनीहरू प्रतिस्पर्धाको राजनीतिलाई नै विश्वास मान्दै आएका छन् । कम्युनिष्टहरू वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्य लिएका छन् तर त्यसको तयारीको कुनै सुरसार देखिँदैन । त्यसका लागि समाजवादको विकास हुन जरुरी छ । कुरामात्र गरेर हुँदैन काम गरेर देखाउनुपर्छ । कम्युनिष्ट नेताहरूमा ऐस, आराम, सुख, सुविधा र निजी सम्पत्ति जोड्ने होडबाजी चल्यो । यसरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादको लक्ष्यमा पुग्न सकिँदैन । यो त जनता झुक्याउने खेलमात्र हो । नेपालका कम्युनिष्ट पार्टी एकीकरण हुने हल्ला त चलेको छ ।
पार्टीहरू फुट्नुभन्दा जुट्नु नै राम्रो हो तर स्वार्थका लागि पार्टी जुटे पनि फेरि फुट्ने खतरा उत्तिकै छ । नेपालका कम्युनिष्ट पार्टी धेरै पटक फुटे धेरै पटक जुटे । स्वार्थ मिल्दा जुटे स्वार्थ नमिल्दा फुटे यसको के अर्थ ? कम्युनिष्टहरू फुट्ने र जुट्ने शृंखला लामो छ । कम्युनिष्टहरू एकआपसमा मिल्न नसक्नु नै सबैभन्दा ठूलो समस्या हो । जनतामा कम्युनिष्टहरू मिलून् भन्ने त छ तर दीर्घकालीन सोचका साथ उनीहरू मिल्न सक्दैनन् । अहिले जुन किसिमले कम्युनिष्ट एकताको कुरा उठेको छ यो स्वार्थको खेल हो । यसमा स्वार्थ लुकेको छ । जनता भ्रममा नपरे पनि हुन्छ । विगतमा पनि कम्युनिष्ट एकता भएकै हो आखिर किन फुटे ?

स्वार्थकै कारण फुटे । जनताले विश्वास गर्ने आधार केही पनि देखिँदैन । एउटा कुरा सत्य के हो भने नेपालका सबै कम्युनिष्टहरू मिलेर एउटै पार्टी बनाउने हो भने दुई तिहाइभन्दा धेरै जनमत छ । यो कुरालाई सबैले स्वीकार्न सक्नुपर्छ । मिलेर चुनाव लडे भने बहुमत ल्याउँछन् । यो कुरा त कांग्रेसलाई पनि थाहा छ नि । त्यसो भएको हुनाले कांग्रेस कम्युनिष्ट एकता भएको देख्न चाहँदैन । कम्युनिष्ट नेताहरूमा शब्दजाल फाल्ने क्षमता छ । त्यो क्षमताले कार्यकर्ता अडिएका छन् । पार्टीभित्र आफ्ना कार्यकर्ता अडाउन भए पनि दर्शन र सिद्धान्तका कुरा बढी मात्रमा हुने गर्दछन् । यतिबेला सञ्चारमाध्यममा नेपालका कम्युनिष्ट पार्टी मिल्ने चर्चाले राम्रै ठाउँ लिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकरणबाट नयाँ गठन हुने पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी समाजवादी केन्द्र राख्न प्रस्तावसमेत गरेको समाचार बाहिर आएको छ । पुष्पकमल दाहाल र डा.बाबुराम भट्टराईबीच पार्टी एकीकरणका विषयमा छलफल भएको कुरा पनि चर्चामै छ । कम्युनिष्टहरू मिलेर एउटै पार्टी बनाउने कुराले राजनीति तातेको छ । कम्युनिष्ट मिल्दा नेपाली कांग्रेसलाई राजनीतिमा घाटा हुने धेरैले अनुमान गरेका छन् ।

त्यसो भएर पनि कांग्रेस कम्युनिष्टहरू नमिलून् भन्ने चाहनामा छ । माओवादी केन्द्र, भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव नै गरेको समाचार नै बाहिर आएको छ । हुन त एकताका कुरा पटक-पटक उठ्ने र सेलाउँदै जाने गरेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठसहितका नेताले ‘पार्टी एकीकरणका बारेमा छलफल गरेका छन् भन्ने कुरा छ । आगामी निर्वाचनअघि नै नेपालका कम्युनिष्ट पार्टीबीच एकीकरण भयो भने के होला ?

आफ्नो स्वार्थ पूरा भएपछि पार्टी विभाजन गर्ने हो भने एकताको कुनै अर्थ छैन । गठबन्धनमा रहेका वामपन्थी दलको कम्युनिष्ट एकताको कुरा नेपाली कांग्रेससँग बार्गेनिङ पावर बढाउन वामगठबन्धनको कार्ड फ्याँकेको जस्तो देखिन्छ ।

के नेपालका कम्युनिष्ट पार्टीबीच एकीकरण भयो भने बहुमत आउला ? सबै कम्युनिष्ट मिलेर एउटै पार्टी बनाउने हो भने पक्कै बहुमत मात्र होइन, दुई तिहाइ नै आउँछ । यो कुरा उनीहरूलाई पनि थाहा छ तर उनीहरू मिल्दैनन् । कम्युनिष्टहरू आपसमा फुटेर सकिने गरेका छन् । साना-साना समूहमा विभाजित कम्युनिष्टहरू एक ठाउँमा आउने हो भने राजनीतिमा ठूलै तरंग आउने छ । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा मसाल, वैद्य, विप्लवको पार्टीलगायत सबै मिलेर एउटै पार्टी बनाउने हो भने देशमा कम्युनिष्ट शासन लामो समयसम्म चल्नेछ ।
कम्युनिष्ट नेताहरू पद, प्रतिष्ठा र व्यक्तिगत टकरावले फुट्ने गरेका छन् । यसले कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको छ र अझै कमजोर बनाउँदै जाने छ । एमालेभित्र कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने कुरा उठेकै छ । घनश्याम भुसाललगायत युवा नेताहरू यसमा बहस गरिरहेका छन् । फेरि एकपटक कम्युनिष्ट पार्टी मिलेर चमत्कार देखाउनुपर्ने भनाइ छ । कम्युनिष्टहरू चिरा–चिरामा विभाजन हुनुभन्दा पार्टी एकता गरेर जाने भनेपछि स्वार्थमा लिप्त रहेका उनीहरू यसबाट बाहिर आउन सकेका छैनन् । हिजो एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको थियो त्यो पनि लामो समयसम्म जोगिन सकेन । जोगिन नसक्ने भए के को एकता ?

विगतमा के कमजोरी भएको थियो त्यसका निम्ति साझा निष्कर्ष खोज्न जरुरी छ । सबैले आफ्नोतर्फबाट आत्माआलोचना र समीक्षा गर्नुपर्ने देखिन्छ । वैचारिक, सिद्धान्त केन्द्रित एकता नभएर स्वार्थगत एकता भएका कारण त्यो दिगो हुन नसकेको बताइन्छ । पुराना नेताहरूको अझै नेतृत्व गर्ने चाहना र उनीहरूले नै नेतृत्व गर्ने हो भने दिगो एकता हुन सक्दैन । नेताहरूको व्यक्तिगत इगोका कारण पार्टीहरू फुट्ने गरेका छन् । विचार मिल्नेहरूसँग एकता, तालमेल गर्नु राम्रो कुरा हो । त्यो पनि कम्युनिष्ट पार्टीबीच तालमेल हुनु झन् राम्रो कुरा हो । तर, चुनाव जित्नका लागि एकता गर्नु भनेको अर्को विभाजनको बीजारोपण गर्नु हो ।

यो कुरा सबै कम्युनिष्ट नेताहरूले बुझ्न जरुरी छ । आफ्नो स्वार्थ पूरा भएपछि पार्टी विभाजन गर्ने हो भने एकताको कुनै अर्थ छैन । गठबन्धनमा रहेका वामपन्थी दलको कम्युनिष्ट एकताको कुरा नेपाली कांग्रेससँग बार्गेनिङ पावर बढाउन वामगठबन्धनको कार्ड फ्याँकेको जस्तो देखिन्छ । यो कुरा नेपाली कांग्रेसको नेतृत्वले बुझेको छ । यसले के देखाउँछ भने माओवादी र नेकपा एकीकृत समाजवादीले वामगठबन्धनको त्रास देखाएर नेपाली कांग्रेसलाई तर्साउन खोजेका छन् । कांग्रेसले यस्ता अभिव्यक्तिलाई समयमै बुझेर आफूलाई तयार पार्नु जरुरी देखिन्छ ।