मेस्सी चम्किँदा पीएसजीको सुखद सुरुवात

काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेइन (पिएसजी) ले विजयी सुरुवात गरेको छ। प्रतियोगितामा शानदार सुरुवात गर्ने क्रममा अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले दुई गोल गर्दा नेयमारले एक गोल गरे। क्लेरमन्ट फुटलाई घरेलु मैदानमा ५-० ले हराउँदा पाहुना टोली पिएसजी निकै उत्कृष्ट लयमा रह्यो।

गाब्रियल मोन्ट पाएड स्टेडियममा शनिबार राति भएको एकपक्षीय खेलमा पिएसजीले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गरेको थियो। खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए। २६औं मिनेटमा अचरफ हाकिमीले नेयमारको पासमा टिमको अग्रता दोब्बर बनाए। ३८औं मिनेटमा कप्तान मार्किन्हसले टिमका लागि तेस्रो गोल गरे।

दोस्रो हाफमा पनि पिएसजीले आफ्नो उत्कृष्ट लय जारी राख्यो। दोस्रो हाफमा दुवै गोल मेसीले गरे। ८०औं मिनेटमा नेयमारको ह्याट्रिक असिस्टमा मेसीले गोल गरे। ८६औं मिनेटमा मेसीले ब्यक्तिगत तथा टिमका लागि पाँचौ गोल गरे। ग्रोइन इन्ज्युरीका कारण खेलमा फ्रान्सेली युवा स्टार केलियन एमबाप्पे भने टिममा थिएनन्। जितसँगै पिएसजीले पहिलो खेलबाटै ३ अंक जोडेको छ। एजेन्सी

मेस्सीको गोलमा पीएसजी विजयी

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गत जापान भ्रमणमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मैत्रीपूर्ण खेलमा जित निकालेको छ ।

बुधबार भएको खेलमा पिएसजीले जापानी क्लब कावासाकी फ्रन्टटालेमाथि २–१ को जित निकाल्यो ।

उसको जितमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र अर्नोउ कालीमुइन्डो मुइंगाले समान एक गोल गरे । घरेलु टोलीका काजुया यामामुराले एक गोल फर्काए ।

प्रि–सिजनमा पिएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले फ्रान्सेली क्लब क्वीभिलीमाथि २–० को जित निकालेको थियो ।