अब माइपे क्वाइन

काठमाडौं । माइपे डिजिटल वालेटले माइपे क्वाइन सार्वजनिक गरेको छ । एक क्वाइन बराबर एक रुपैयाँ नै मूल्य हुने गरी क्वाइन ल्याएको कम्पनीले जनाएको छ । माइपेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो ।

यससँगै माइपे प्रयोगकर्ताले मोबाइल टपअप तथा डाटा प्याकमा चार प्रतिशत, टेलिभिजनको बिल भुक्तानीमा दुई प्रतिशत, इन्टरनेट बिल भुक्तानीमा दुई प्रतिशतसम्म तथा हवाई जहाजको टिकट बुकिङमा सबैभन्दा धेरै पैसा रिटर्न अफरसमेत निरन्तर रहने जनाएको छ । यसरी प्राप्त क्वाइन ग्राहकले जुनसुकै कारोबारमा पनि प्रयोग गर्न सक्ने बताइएको छ ।