बस्तीमा खोलो किन पस्यो ?

✍️ पुरुषोत्तम घिमिरे

बस्तीमा खोलो पस्यो कि खोलामा बस्ती बस्यो त्यो खोजतलास गर्न बेला आएको छ । गोकर्णेश्वर नगरपालिकाकोे जोरपाटी र बूढानीलकण्ठको नगरपालिकाको कपन एरियामा अहिलो सानो पानी पर्दा जलमग्न हुन्छ । किन जोेरपाटी र कपन क्षेत्र जलमग्न भयो ?
पहिला गोकर्णश्वर नगरपालिका जोरपाटीको विषयमा केही भनौँ : गोकर्णेश्वर नगरपालिका साविक-९ वटा गाविस मिलाएर बनाएको नगरपालिका हो । तत्कालीन गाविस जोरपाटीमा २०५० सालअघि धान रोप्ने खेतबाहेक केही थिएन । अरू बारी गोकर्णदेखि आएको पानी कुलो खहरेबाट बग्थ्यो ।

अहिले आएर पानी बग्ने कुलो खहरेमाथि मान्छेले घर बनाए, बाटोे बनाए जसले गर्दा पानी बग्ने मार्ग रोकियो । प्रजातन्त्र आएपछि जनप्रतिनिधिहरूले विकासका नाउँमा बस्तीको विनास गरे । हेर्दा बाटो बन्यो, ढल बन्यो, राम्रो काम भयो तर त्यसले पार्ने असरप्रति कोही सचेत भएनन् । हिजो पानी बग्ने राजकुलो खहरे सब मासेर विकासकोे नाउँमा बाटो बनाइयो । विनायोजना बनाएका बाटाका कारण पानी बस्तीमा पस्यो । पानी बग्ने ठाउँमा घर बने अनि घरभित्र पानी नछिरे के छिर्छ त । घरभित्र पानी छिरेको होइन पानी बग्ने बाटोमा घर बनाएर यो समस्या आएको हो ।

२०५० सालअघि धान फल्ने फाँटहरूमा एकाएक घर फल्न थाले । त्यतिबेलाको गाविसले विनायोजना धमाधम घर बनाउने स्वीकृति दियो । सडक विभागले २२ मिटरको मापदण्ड राखे पनि गाविसले बेवास्था गर्‍यो । भोट बैंकका लागि मनलागी स्वीकृति दिनु नै अहिले समस्या हो । शहरी विकास मन्त्रालयले टाउन प्लानिङ गर्न योजना ल्याएको थियो । त्यो योजना गाविसलाई मान्य भएन । त्यसपछि खेतीयोग्य जमिनहरूमा धमाधम प्लटिङ हुनथाले । राजस्व आउँछ भनेर गाविसले भविष्य सोचेन ।

घर बनेपछि बाटो चाहियो । राजनीति पहुचको आधारमा राजकुलो खहरे भएका ठाउँमा ढल हाल्दै बाटो बन्न थाले । भूमाफियालाई फाइदा भयो होला तर त्यहाँ घर बनाएर बस्नेलाई अहिले समस्याले घेरेको छ ।

घर बनेपछि बाटो चाहियो । राजनीति पहुचको आधारमा राजकुलो खहरे भएका ठाउँमा ढल हाल्दै बाटो बन्न थाले । भूमाफियालाई फाइदा भयो होला तर त्यहाँ घर बनाएर बस्नेलाई अहिले समस्याले घेरेको छ । माओवादी द्वन्द्वको नाउँमा होस् या अन्य कारण जोरपाटीको फा“ट हेर्दाहेर्दै भरिन थाले । अहिले घरबाहेक केही छैनन् । जसका कारण बस्तीमा पनि पसेको हो ।

गोकर्णबाट बाँध बाँधेर २२ मिटरको राजकुलो ल्याइएको थियो । त्यो राजकुलो अत्तरखेल, बेंसीगाउँ, जोरपाटी, नयाँबस्ती हुँदै खोलामा गएर मिसिन्थ्यो । त्यही राजकुलाको पानीले सारा फाँटहरू रोपिन्थे । पर्ती जग्गाहरू संरक्षण भएका थिए । गाई, भैंसी, भेडा, बाख्र्रा त्यही खाली जग्गामा चराउने गरिन्थ्यो । एकाएक नयाँ आएका जनप्रतिनिधिहरूले राजकुलो मासेर ढल हालेर बाटो बनाउने काम थाले । २२ मिटरको कुलोमा १० मिटरको बाटो बनाइयो । यसैलाई विकासको नाउँ दिइयो । बेंसीगाउँवासी स्थानीय ८० वर्षीय हरि श्रेष्ठ बताउनु हुन्छ ।

त्यतिमात्र होइन । माथि आरूबारीदेखि होेर्योङ, जोरपाटी, सुन्दरटोल, बराल पेट्रोल पम्प, नयाँ बस्ती भएर खोलमा गएर मिसिने खहरेलाई बाटो बनाइयो । अर्को चामुण्डा मन्दिरबाट जोरपाटी बरालगाउँ नयाँबस्ती हुँदै जाने खहरेमा पनि बाटो बनाइयो । जोरपाटी सानो बजार हुँदै जाने खहरे पनि रोकियो । सेराफाँटबाट मड्गाल हुँदै जाने दुईवटा खहरे रोकेर बाटो बनाइयो । चारैतिर बाटो नै बाटो पानी जाने ठाउँ नै छैैन । पानी जाने ठाउँमा घर बनेपछि पानी घरभित्र नछिरे कहाँ जान्छ त ? यो पानीको दोष होइन विवेकशील मान्छेको दोष हो । जताततै ढलान पिच पानी जमिन तल जान पाउँदैन । पानीको सतह दिनप्रतिदिन घट्दै गएको विज्ञहरूले बताउँदै आएका छन् ।

दोस्रो बूढानीलकण्ठ नगरपालिकाको कपन :
जोरपाटी जस्तै कपन क्षेत्रमा पनि २०५० सालभन्दा अघि खुला फाँटहरू थिए । दुई दशकअघिसम्म ती फाँटहरूमा लहलह धान झुल्थे । अहिले आएर ती धान झुल्ने फाँटमा घर झुलेका छन् । केही व्यक्तिहरूको फाइदाका लागि खेतीयोग्य जमिन भटाभट बिक्री भए । कपन क्षेत्रमा वर्षायाममा मात्र होइन हिउँदमा समेत खहरेमा पानी बग्थ्यो । राजकुलो खहरे सब मासेर बाटो बनाइयो । जसका कारण अहिले सानोे पानी पर्दा कपन क्षेत्र जलमग्न हुन्छ । अव्यवस्थित बस्तीका कारण हरेक वर्ष वर्षायाममा कपन क्षेत्र जलमग्न हुँदैै आएको छ । विकासको नाउँमा गरेको प्रकृति विनाशको परिणम हो योे । पानी बग्ने बाटो छेक्ने अनि बस्तीमा पानी पस्यो भनेर कराएर हुन्छ ?

काठमाडौ महानगर ६ र कपन १०, ११, १२ को पानीकोे स्रोत हुन् यज्ञमती र चखुँचा खोला । अहिले आएर यी खोलालाई ढलमा परिणत गरिएकोे छ । प्रजातन्त्र आएपछि स्थानीय गाविस अध्यक्ष र भूमाफियाको मिलोमतोमा यज्ञमती खोला र चखु“चा खोलामा ढल हालेर बाटो बनाउने काम भयो । यो सरासर गलत थियो । खोलाको गतिलाई रोक्छु भनेर लाग्ने जनप्रतिनिधि र भूमाफियाले आफ्नो स्वार्थका लागि जग्गा खण्डीकरण गरे । खण्डीकरण गरेको जग्गामा बाटो लानका लागि खोलो प्रयोग भयो । खोलामाथि बाटोे बनाउँदा कपन क्षेत्रका जनतालाई सधैँ त्रास भयो । अहिले सानो पानी पर्दा पनि घरबाट बाहिर निस्कन गाह्रो हुन्छ स्थानीय केशव बरालले गुनासो गर्नुभयो ।

यज्ञमती खोलो गोकर्णस्थित जगडोल पार्कको देब्रेतर्फबाट घुमेर कपन आनी गुम्बा, कपन प्रहरी चौकी, आरम्भचोकमा आएर चखुँचा खोलामा मिसिन्छ । विभिन्न ठाउँबाट आएको खहरे एकै ठाउँमा मिसिएर ठूलोे नदीमा परिणत हुन्छ । त्यसरी बनेको खोलाको गतिलाई रोक्न खोजपछि पानी बस्तीमा पस्नु स्वाभाविक हो । तत्कालीन कपन गाविसका अध्यक्ष मिठाराम अधिकारी खोला अतिक्रमण गरेर ढल हाल्दा यस्तो अवस्था आएको हो भन्नुहुन्छ ।