रचना वाचन कार्यक्रम सम्पन्न

काठमाडौं । रेडियो अडियो एफ.एम.१०६.३ तथा जन्मभूमि नेपालको संयुक्त रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित एफ.एम.को सटुडियोमा रेकर्डसमेत गरी वाचन गरिएका कविताहरूका रचनाकारमा वरिष्ठ साहित्यकार रहनुभएको थियो । प्रेम ओली ‘ढलकपुरे’ को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन अनिल पौडेलले गर्नुभएको थियो ।

गाईजात्रालाई केन्द्रीयतामा राखेर हास्यव्यंग्यप्रधान कविताहरूको बाहुल्य रहने गरी वाचित कविताहरूका कविहरूमा प्रेम ओली ‘ढलकपुरे’, प्रयागराज वाशिष्ठ, ऋषभदेव घिमिरे, ओमप्रसाद कोइराला, रुद्र अधिकारी, उदयचन्द्र दास, दुर्गा अधिकारी भमरकोटे, केशवराज अर्याल, विनोद दाहाल वत्स, खडानन्द लुइँटेल, द्वारिका कुइँकेल, रूपा पौडेल, गोपी रिजाल, रीता दाहाल, मुकुन्दराज दाहाल तथा सुशीला शर्मा धमला रहनु भएको थियो ।

रचना वाचन गर्ने अन्य साहित्यकारहरूमा चक्र दवाडी, गोपाल नेपाल, साइमना श्रेष्ठ, देवीप्रसाद बराल, बमबहादुर थापा ‘जिताली’, उमा दाहाल, रामहरि कोइराला, रवीन्द्र नेपाल, प्रा.पीताम्बर दाहाल, पुष्प आचार्य, रामशरण न्ज्यौपाने, कविराज घिमिरे, कलानिधि दाहाल, टेकबहादुर लौंडारी, रोहिणाी (राजन) दाहाल, अनिल पौडेल तथा डिलीप्रसाद मूलतिहुन रहनु भएको थियो ।