हतियारको वर्चश्व र शक्ति कुनै एक भूगोेलमा सीमित हुँदैन

✍️ लोकनारायण सुवेदी
अमेरिकाको टेक्ससमा केही दिन पहिला एउटा प्राथमिक विद्यालयभित्र भएको गोली काण्डमा कतिपय मानिस मारिएपछि अहिले अमेरिकामा कुन कुरामा बहस चलिरहेको छ भने बन्दुको उपयोगसम्बन्धी कस्तो नीति हुनुपर्दछ । यो नीतिको बहस सुरु हुनुभन्दा पहिला आवश्यकता यस बहसको छ कि स्कुलभित्र यस्ता गोली काण्डहरू किन बढ्दै गइरहेका छन् । यस सम्बन्धमा यदि अमेरिकालाई नै एउटा उदाहरणको रूपमा लिने हो भने यस वर्षमात्रै यस्ता विद्यालयभित्र हुने गरेका गोली काण्डका २७ वटा घटना भइसकेका छन् । यसभन्दा पहिला र यसै साल भएका यस्ता गोलीकाण्डका घटना हमलाकारीले स्कुलभित्र किन गराए ? के तिनले यस्ता घटना गराउनुपर्ने कुनै विशेष कारण थियो ? प्रश्नहरू एकपछि अर्को खडा हुन्छन् ।

वास्तवमा यसरी विद्यालयभित्र गोलीकाण्ड मच्चिनु र शिक्षण संस्थाहरूमा यस्ता हमला बढ्दै जानु दुवै नै ठूलो चिन्ताका विषय हुन् । आज विश्वका बेग्लाबेग्लै देशहरूमा यस प्रकारका घटना भइरहेका छन् । यदि हामीले २०२० मा तयार पारिएको ‘एजुकेशन अण्डर एट्याक’ प्रतिवेदनलाई हेर्‍यौँ र केलायौँ भने सन् २०१५ देखि २०१९ चार वर्षका बीचमा विश्वका ९३ देशमा यस्ता ११ हजार हमलामा २२ हजार विद्यार्थी, शिक्षक र शिक्षासँग सम्बन्धित मानिसहरूको ज्यान गएको देखिन्छ ।

निश्चय पनि अन्धाधुन्ध गोलीको शिकार बनेका बच्चाहरू गुमाएका मातापितालाई त्यो पीडाबाट मुक्त हुन अवश्य समय लाग्नेछ । तर, त्यहाँ पीडित अभिभावकले र अन्य नागरिककले केवल एउटा देशमा हतियारका लागि कडा नियम बनाउने माग मात्रै गरेर पुग्दैन ।

यस्ता घटना अफगानिस्तान, केमरुन, पेलेष्टाइन, फिलिपिन्स, कंगो, यमन, सिरिया जस्ता देशहरूमा भएका पाइन्छन् । बितेको एक वर्षमा मात्रै म्यानमार र युक्रेनमा पनि विद्यालयका विद्यार्थी र शिक्षकहरू यस्ता हमलाको शिकार भएका छन् । यसरी मारिनेहरू कुनै देशका नागरिक किन नहुन् यस्ता दुर्दान्त घटना विश्वव्यापी स्तरमै ठूलो चिन्ताको विषय बन्दछन् र बन्नु पर्दछ ।

यदि यस्ता घटनालाई राम्ररी नियालेर हेर्ने हो भने के कुरा बुझ्नुपर्ने देखिन्छ भने विद्यालयमा यस प्रकारका बढ्दो हिंसाका घटनाका पछाडि शिक्षालाई लिएर कुनै प्रतिशोधको भावना बढिरहेको प्रतीत हुन्छ या शिक्षाको आफ्नो भूमिका जुन एक शान्तिपूर्ण समाज बनाउने मानिन्छ त्यो कमजोर भइरहेको देखिन्छ । यस्तो किन भइरहेको छ ? गम्भीर प्रश्न खडा हुन्छ । के शिक्षाबाट शान्ति हासिल गर्ने अपेक्षा नै वास्तविकताबाट टाढा हुँदै गएको हो, अथवा शिक्षाभन्दा बढी प्रभावशाली सञ्चारमाध्यम भिडियो गेम भएको छ, जसको प्रभाव युवाहरूको जीवन शैलीमा परिरहेको छ ?

के यस्ता शिक्षा परिसरमा, विद्यार्थी शिक्षक कुनै गहिरो दबाबमा परेका या रहेका छन्, जसका कारणले एउटा तप्का यस्तो छ जसमा उग्रता, तनाव र अबशाद यत्तिका गहिरो बनेको छ कि उनीहरूलाई आफ्ना कृत्यहरूमा सही गलत के हो भन्ने बोध नै हुन छाडेको छ । अनि हिंसाको छायाँ मनोरञ्जन कार्यक्रममा बढ्दो रूपमा देखिँदै गएको छ । यस्तो स्थितिमा युवा समुदाय यसबाट प्रभावित हुने कुरा अस्वाभाविक हुँदैन ।
डब्लुडब्लुडब्लु होस् कि फुटबल या क्रिकेट खेल होस्, पब्जी कल अफ ड्युटी जस्ता भिडियो गेम हुन् अथवा र्‍याप गायन होस् या यस्तै संगीतका अरू कुनै कार्यक्रम हुन् दर्शक/समर्थकलाई रोमाञ्चकारी बनाउन, उत्तेजना फैलाउन, प्रतिशोध या युद्धका शब्दावलीको प्रयोग गर्न एउटा सफल सूत्र बन्न पुगेको छ । संगीतकै पनि युद्ध र महायुद्ध हुन थालेको छ । जसमा एकभन्दा अर्को योद्धा सामेल हुने गरेको देखिन्छ । हिंस्रक घटना या युद्धको लाइभ प्रसारणले किशोर वयका युवाहरूको मन मस्तिष्कमा के कस्तो प्रभाव पर्ला ? कतिपय युवाहरूले बन्दुक, रिभल्वर लिएर खिचेको फोटो सामाजिक सञ्जालमा राखेर आफूलाई शक्तिशाली देखाउने गर्दा उनीहरूलाई सन्तुष्टि पनि मिल्दो होला । यदि तिनलाई सही दिशा र दशा प्राप्त भएन भने तिनको प्रसिद्धि र हतियारको सहारामा आफ्नो धाक जमाउने विचारले उनीहरूलाई हिंस्रक घटनातर्फ धकेल्न प्रेरित गर्न सक्तछ ।

यो आश्चर्यको कुरा हो कि विश्वको एक सर्वाधिक विकसित मानिएको देश अमेरिकामा एकजना अठार वर्षको विद्यार्थीले नर्सरी किन्डरगार्टेनका विद्यार्थीहरूमाथि अन्धाधुन्ध गोली चलाएर २१ जनाको इहलीला समाप्त पारिदिन्छ । त्यस दुर्दान्त स्थितिमा अमेरिकामा पुनः एउटा चर्चा बन्दुक किन्ने-राख्ने नीति बदल्ने बारेको मागमा आएर रोकिएको छ । जानकार बताउँदछन् कि अमेरिकामा मानिसहरूसँग त्यहाँको जनसंख्याभन्दा बढी हतियार रहेका छन् । त्यस देशमा घातक स्वचालित हतियारलाई लिएर कुनै कडा कानुन छैन । त्यहाँका नागरिकले दुई घण्टामा हतियार अर्थात् राइफल किनिरहेका हुन्छन् र किन्न सक्दछन् ।

त्यसैले यसलाई नियन्त्रि गरिनुपर्दछ भन्ने अहिले पुनःचर्चा चल्नथालेको हो । तर, के यस महत्वपूर्ण कुरामा बहस हुनुपर्ने होइन कि त्यो कुन विकसित देश हो जसले हतियार उत्पादन र त्यसको व्यवसाय गरिरहेको छ ? सन् २०१५ देखि २०१९ काबीच हतियारको बजारमा अमेरिकाको निर्यातको हिस्सेदारी ३५ प्रतिशत थियो । प्रष्ट छ, जब कुनै देश विश्वमा अत्याधुनिक हतियारहरूको आधारमा आफ्नो वर्चश्व बनाउन चाहन्छ भने के त्यसको समाजमा कुनै प्रभाव नपरिरहन सक्छ र ?

निश्चय अन्धाधुन्ध गोलीको शिकार बनेका बच्चाहरू गुमाएका मातापिताहरूलाई त्यो पीडाबाट मुक्त हुन अवश्य समय लाग्नेछ । तर, त्यहाँ पीडित अभिभावकले र अन्य नागरिककले केवल एउटा देशमा हतियारका लागि कडा नियम बनाउने माग मात्रै गरेर पुग्दैन । त्यसका अतिरिक्त विश्वमा हतियार उत्पादन र त्यसको आवश्यकतामाथि पनि प्रश्न उठाउनै पर्दछ । हतियारको उत्पादन र व्यापार हिंसाको स्वीकार्यतासँग जोडिएको छ । यसको दर्शन के देखिन्छ भने हतियारको शक्तिको बलमा वर्चश्व कायम रहनेछ ।

यदि हतियारको उत्पादन र व्यापार हुन्छ भने ती हतियारको प्रयोग पनि हुन्छ नै । अर्को एउटा मुद्दा के पनि छ भने युवाहरूमा बढ्दो घृणा, तनाव र प्रतिशोध जस्ता महत्वपूर्ण र मूल कारणहरूको पनि खोजी गरिनु पर्दछ ।

यदि हतियारको उत्पादन र व्यापार हुन्छ भने ती हतियारको प्रयोग पनि हुन्छ नै । अर्को एउटा मुद्दा के पनि छ भने युवाहरूमा बढ्दो घृणा, तनाव र प्रतिशोध जस्ता महत्वपूर्ण र मूल कारणहरूको पनि खोजी गरिनुपर्दछ । किनभने विद्यालयमा सुरक्षा गार्ड राखेर र शिक्षकलाई बन्दुक दिएर विद्यार्थीको सुरक्षा गर्ने सुझाव कुनै टिकाउ र दीर्घकालीन समाधान होइन भन्ने विज्ञहरू औंल्याइरहेका छन् ।

निश्चय नै विद्यालयको कक्षा कोठामा अहिंसाको पाठ पढाइन्छ भने कक्षाबाहिरको समाजमा त्यस मूल्यलाई कदर गर्ने वातावरण हुुनु र त्यसको प्रासंगिकता स्वीकार गर्ने खालको बनाइनुपर्दछ । कक्षामा विरोधाभासीपूर्ण मूल्यले शिक्षकलाई अप्रासंगिक र शिक्षा-प्रक्रिया उपयुक्त नठहरिन सक्छ । के स्मरण गरिनुपर्दछ भने हतियारको भूगोल जुनसुकै होस् हिंसाको समर्थनले हिंसा बढाउँदछ नै ।

यस स्थितिबाट मुक्ति हुन विश्वका विकसित देशले हतियार उत्पादन र व्यापारलाई नियन्त्रित गरिनु यसतर्फको पहिलो कदम हुनेछ । विद्यार्थीहरूको मन मस्तिष्कमा अहिंसात्मक वातावरण बनाउने दिशामा निरन्तर उन्मुख गराउने उपायहरूको खोजी गरिनुपर्दछ । अन्यथा जबसम्म कुनै देश या समाजले आफूलाई हतियारको बलमा शक्तिशाली हुने कुरा महसुस गरिरहन्छ त्यसबेलासम्म विद्यालय कक्षाभित्रको अहिंसाको पाठ प्रभावी हुने सम्भावना कमजोर हुन्छ र रहिरहन्छ । हतियारसम्बन्धी कानुन त बनाइन सक्छ तर त्यसलाई भूगोल नियन्त्रित गर्न सकिँदैन । अवैध रूपमा हातहतियार एक देशबाट अर्को देशमा यात्रा गरिरहेका हुन्छन्, छन् ।

यसर्थ यसको सही समाधानका लागि समस्याको जडमा पुग्ने कुरामा ध्यान केन्द्रित गरिनुपर्ने देखिन्छ । वास्तवमा हतियार उत्पादन र व्यापारका विषयमा बहस, विचार-विमर्श गरिरहँदा त्यसको साथसाथै हाम्रो मन मस्तिष्कलाई पनि कसरी अहिंस्रक बनाउने भन्ने कुरा विश्वले गम्भीर चिन्तन र चिन्ता गर्नु अत्यावश्यक छ । यसका लागि विभेद, असमानता, गरिबी, अभाव र अशिक्षाका समस्या सही किसिमले समाधान गर्नुपर्ने आधारभूत कुरामा ध्यान केन्द्रित हुनै पर्दछ । प्रष्ट छ समाजमा वर्गीय शोषण र सामाजिक उत्पीडन रहँदासम्म समस्याको सही समाधान हुन नसक्ने अवस्था रहिरहन्छ ।