सिजी नेटको अफर

काठमाडौं । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक कम्पनी सिजी नेटले ‘सुपर भ्यालु’ योजना ल्याएको छ । स्प्रिन्टर, पपुलर र रकस्टार स्किम योजना ल्याएको हो ।

योजनाअन्तर्गत ग्राहकले स्प्रिन्टर स्किम खरिदमा मासिक छ सय ८० रुपैयाँमा ७५ एमबिपिएस इन्टरनेट पाउनेछन् भने पपुलर स्किममा प्रतिमहिना नौ सय २५ रुपैयाँमा एक सय ५० एमबिपिएस इन्टरनेट पाउनेछन् । रकस्टार स्किमका लागि एक हजार दुई सय ४४ रुपैयाँ लाग्नेछ ।