प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.३२ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९३६.३७ विन्दुमा आएको छ ।

३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो सेसनमा १४ कम्पनीको ५ सय १ कित्ता सेयर कारोबार भएको हो ।

कुल १८ वटा कारोबार भएको छ । ११ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

काठमाडौं । पिपुल्स हाइड्रोपावरले ३१ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ ।

यस्तै, लमजुङ जिल्लाका स्थानीय बासिन्दाहरुले २२ लाख ४० हजार कित्ता सेयरमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गर्नेछ । रेटिङ एजेन्सी कियर नेपालले पिपुल्सको आईपीओलाई ‘कियर एनपी रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको जनाउँछ । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा छिटोमा १४ असोजसम्म र ढिलोमा ३० असोजसम्म आईपीओ खुला रहनेछ । स्थानीय बासिन्दाले यसमा ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् ।

एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेंसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

लुम्बिनी जनरल इन्स्योरेन्सको ११ लाख बढी कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर, नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत बोनस सेयर, सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ । यो सेसनमा ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २१ वटा कारोबार भएको छ ।

९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।

प्रि-ओपन सेसनमा साढे १ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि-ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक करिब साढे १ अंक बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात शुक्रबार १.६७ अंक घटेर १९७०.६२ विन्दुमा बन्द भएको नेप्से आइतबार सो सेसनमा १.२३ अंक बढेर १९७१.८६ विन्दुमा पुगेको छ । सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर छ ।

आइतबार प्रि-ओपन सेसनमा ११ स्टकको १ लाख ६८ हजार ९९६ रुपैयाँ ५९ पैसा बराबरको ३१६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये ६ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ ।

सिर्जनशील लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्थामा प्राथमिक सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि तीन करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन लाख ९३ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याएको हो ।

त्यसमध्ये पाँच हजार ४७० कित्ता सेयर कर्मचारीहरूलाई र १९ हजार ६९० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने तीन लाख ६८ हजार ५९० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लघुवित्तको अधिकृत पूँजी २० करोड रुपैयाँ, जारी पूँजी १० करोड ९३ लाख रुपैयाँ ७५ हजार र चुक्ता पूँजी सात करोड रुपैयाँ रहेको छ ।

लघुवित्तको आईपीओमा प्रतिसेयर एक सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम एक हजार कित्ता अर्थात् १० हजार रुपैयाँसम्मका लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एपमार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।

राप्ती हाइड्रोको आइपिओ खुला

काठमाण्डौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको शेयर बिक्री नभएर बाँकी रहेका ३७ हजार ६२३ कित्तासहित कूल २३ लाख ६६ हजार २४० कित्ता शेयर निष्कासन गरेको जनाएको छ ।

कम्पनीले जारी गरेको आह्वानपत्रानुसार कूल निष्कासित शेयरमध्ये तीन प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीका लागि र पाँच प्रतिशत अर्थात एक लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । यसमा बाँकी रहेका २१ लाख ७६ हजार ९४० कित्ता शेयरका लागि सर्वसाधारण लगानिकर्ताले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आगामी साउन १ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २१ लाख कित्तासम्म आवेदन दिन सक्ने र उक्त अवधिमा माग बमोजिम आवेदन नपरेमा साउन ११ गतेसम्म समय थप हुने सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था सार्थै मेरो शेयर’को वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिने छ । कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर बी’ रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड र सह निश्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।