तुलसीदासको कठोर जीवन

✍️ अच्युतप्रसाद पौडेल ‘चिन्तन’

सरल, सरस शैलीका कारण नेपालीहरूको जन जिब्रोमा भानुभक्तीय रामायण प्रसिद्ध छ । नेपाली भाषाका अभियन्ता आदिकवि भानुभक्तलाई हामी असार २९ मात्रै नभएर हरसमय सम्झिरहन्छौँ । संस्कृतका आदिकवि वाल्मीकिको रामायण र त्यसको नेपालीकरण नेपालीले कहिल्यै बिर्सँदैनन् । वाल्मीकि रामायणले पनि संसारमै चर्चा पाएको छ । हाम्रो जीवनको उषा काल भन्नु सत्य युग हो, किशोर अवस्था भनौँ ज्ञान आरम्भको अवस्था भनेको त्रेता युग हो, ज्ञान र विज्ञानको प्रयोग गर्ने समय वयस्क उमेर भन्नु द्वापर युग हो, जीवनको उत्तराद्र्ध अर्थात् रोगग्रस्त जीवन र घरै परदेश जस्तो लाग्ने बेला बुढ्यौली समय भन्नु कलि युग हो, कलिमा विविध समस्या, कलह, इष्र्या, त्रास, भय, सन्ताप भइरहन्छ ।

धर्मको वृद्धि गरी जीवनयापन गर्नुपर्ने हुन्छ, यस्तो समयमा । आदर्श जीवन, नैतिकता र इमानदारीता, पवित्रता र स्वच्छ समाज निर्माणमा रामायणको सन्देश अमर छ, यो त्रेता युगको विषय हो भनौँ आजभन्दा साँढे बाह्र लाख पूर्वको पनि ताजै छ । रामायणका मूल लेखक त स्वयं श्रीशिव नै हुनुहुन्छ । रामायण धेरै भाषामा लेखिएको छ । यहाँ तुलसीकृत रामायणका लेखक गोस्वामी तुलसीदासको जीवनी बारे संक्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ । भारतको प्रयाग नजिक राजापुर भन्ने एउटा गाउँ थियो । त्यहाँ आत्माराम दुवे नामका एक ब्राहृमण थिए । हुलसी उनकी पत्नी थिइन् । संवत् १५५४ श्रावण शुक्ल पञ्चमीका दिन ती दम्पतीबाट १२ महिनाको गर्भपछि एक बालक जन्मिए । मूल नक्षत्रमा जन्मिए उनी ! सामान्यतया यो नक्षत्रमा जन्मेको बालकले वाबुआमा पिर्छ भनिन्छ । बालक सामान्य अवस्थामा थिएनन् पनि । जन्मदा उनी रोएनन्, बरु मुखबाट ‘राम’ शब्द निकाले । जन्मदै ३२ वटा दाँत, र हेर्दा उनी पाँच वर्षभन्दा माथिका देखिन्थे । साँच्चै अपशकुन भयो बाबुआमालाई ! चिन्तित भए सबै ।

मूल नक्षत्रमा जन्मिए उनी ! सामान्यतया यो नक्षत्रमा जन्मेको बालकले बाबुआमा पिर्छ भनिन्छ । बालक सामान्य अवस्थामा थिएनन् । जन्मदा उनी रोएनन्, बरू मुखबाट ‘राम’ शब्द निकाले । जन्मदै ३२ वटा दाँत, र हेर्दा उनी पाँच वर्षभन्दा माथिका देखिन्थे ।

अनिष्टको शंका हुँदा तीन दिनमै आमाले रातमा एक दासीलाई त्यो बालक जिम्मा दिएर घर छोडिन् । घर छोडेको भोलिपल्टै आमा हुलसीको अवसान भयो । बालकको नाम रहृयो तुलसीदास । दासी चुनियाँले बालकलाई पालनपोषण गरिन् । बालक साँढेपाँच वर्षको हुँदा धाई आमा दासी चुनियाँको पनि देहान्त भयो । बालक टुहुरो भए, थप टुहुरो, घरघर दैलोदैलो चाहार्दै पेट पाल्न थाले आफैँ ! घरघर टुहुरो बालक हिँडेको देखेर माता पार्वती भनौँ उमालाई दया लाग्यो । एक ब्राहृमणीको रूप धारण गरी आमा पार्वतीले त्यो बालकलाई भोजन गराउन लाग्नुभयो ।
भगवान शंकरजीको प्रेरणाले रामशैलमा बस्ने एक नरहरि गुरुले बालकको नाम रामबोल भनी राखे किनकि उनी जन्मदै राम बोल्ने थिए र उनलाई अयोध्यामा लगे । संवत् १५६१ अर्थात् रामबोलको सात वर्षको उमेर ती गुरुले माघ शुक्ल पञ्चमीका दिन शुक्रबार यज्ञोपवीत संस्कार गराए ! गुरुले नसिकाइकनै रामबोलले ब्रहृमगायत्री मन्त्र उच्चारण गरे, सबै चकित भए । अब गुरु र वैष्णवहरूले गर्ने पञ्चसंस्कार गरी राममन्त्रको दीक्षा दिए रामबोललाई र यसपछि अयोध्या लगे शास्त्रार्थ गराए । बालकको सम्झना शक्ति तीखो थियो । गुरु मुखबाट जे बोलिन्थ्यो, बालकले सुनेर कण्ठ पार्थे ।

गुरु नरहरिले बालकलाई रामायण सुनाए । केही दिनपछि बालक काशी आए । पन्ध्र वर्षसम्म त्यहाँ उनले वेदको अध्ययन गरे । गुरुका श्रीमुखका आज्ञाले उनी जन्मघर फर्किए तर घर पूरै उजाड थियो । बालकको मन छिया छिया भयो, धिक्कार मेरो जन्म भनेर । न बाबु, न आमा, न आफन्त, जन्मथलो देखेर उनलाई लोक बासनाले सतायो पनि ! मैले जन्म लिएकै कारण आफन्त सबै टोकेँ ! धिक्कार मेरो जन्म, पछुतो गर्न थाले ।

परिवार सर्बनास, पुत्रको काम पिण्ड पानी दिने, सिकेकाले विधिपूर्वक श्राद्ध पिण्ड दिए, पितापुर्खाले पिण्ड पानी पाए ! जन्म घरवरिपरि नै बसे उनी ! केही समय रामकथा सुनाए उनले आफ्ना घर वरिपरिकालाई ! रामकथा पितृ उद्धारको गतिलो साधन हो । श्राद्धका दिन रामगीता पाठ गर्ने गराउनेले पितृमोक्ष गराउँछन्, आज पनि यो चलन छ हाम्रो ।

संवत् १५८३ जेष्ठ शुक्ल त्रयोदशी, बृहस्पतिबार उनी व्यवहार बन्धनमा बाँधिए, २९ वर्षको उमेरमा बिहे भयो, भारद्वाज गोत्रकी सुकन्यासँग । जीवन सुखैसँग रहृयो तर पत्नीसँग मोह धेरै भयोे । संसारमा उनले केही देखेनन्, पत्नीबाहेक । एक दिन पत्नी माइत गइन्, आफ्नै भाइ लिन आए माइतबाट । रामबोल पनि रातमै ससुराली पुगेछन् । ससुरालीमा पत्नीले उनलाई भनिन्, धिक्कार छ तिमीलाई हाड मासुले बनेको सुन्दर शरीरतिरै आकर्षित हुने तिमीलाई, यत्रो आशक्ति किन मतिर ? यो आशक्ति ईश्वरतिर भए तिम्रो उद्धार हुन्थ्यो । पत्नीको यो शब्द ससुरालीमा सुन्दा उनलाई मुटुमा बिझ्यो । उनले त्यो चटक्कै छोडे, सिधै प्रयाग पुगे, गृहस्थ भेषलाई पनि छोडे, साधु भेष लिए, काशी पुगे, जहाँ उनलाई काकभुसुण्डीले दर्शन दिए ।

उनी काशीमा बसे, उनले श्रीराम कथा सुनाउन थाले । काशीमा उनले एक प्रेत देखे, प्रेत स्वयं हनुमान रहेछन् । प्रेतरूपी हनुमानले तुलसीदासलाई भने, ‘नडराऊ म तिमीलाई बाटैमा श्रीरामको दर्शन गराउँछु, चित्रकुटसम्म जाऊँ’ भने । उनी चित्रकुट आए, त्यहाँ रामघाटमा आसन जमाए, घुम्दै थिए उनी । बाटामा एकदिन तुलसीदासले श्रीरामको दर्शन पाए । उनले देखे सुन्दर घोडा चढेर, हातमा धनुष बाँण लिएर दुई सुन्दर राजकुमार आफूतिर आएका तर पत्याएनन् । पछाडितिरबाट हनुमान आए, श्रीरामको रहस्य बताए । उनलाई पछुतो भयो श्रीराम चिन्न नसक्ता, हनुमानले ढाडस दिए चिन्ता नगर बिहान श्रीरामको फेरि दर्शन हुन्छ भनेर !

संवत् १६०७ औंसी बुधबारका दिन उनका सामुश्रीराम प्रकट हुनुभयो । श्रीराम बाल्य भावमा हुनुहुन्थ्यो, श्रीरामले भन्नुभयो ‘बाबा अलिकति चन्दन दिनुस्न’, यति बेला पनि श्रीरामको दर्शन छुट्ला भनेर हनुमानले हत्तपत्त सुगाको रूप लिए । सुगाले यसो भन्यो, चित्रकुट के घाटपर भई संतन कि भीर । तुलसिदास चंदन घिसें तिलक देत रघुवीर । संवत् १६२८ को कुरा, हनुमानको आज्ञाले तुलसीदास अयोध्या फकिए, प्रयागमा भने मकर मेला थियो, मकर मेलामा तुलसीदास त्यहीँ बसे केही दिन । मेलाको छैटौं दिनमा तुलसीदासलाई एउटा वरको रूखमुनि गुरु भारद्वाज र याज्ञवल्क्य मुनिको दर्शन मिल्यो ।

त्यहाँ त्यही कथा थियो जुन आपूmले बाल्यकालमा गुरुमुखबाट सुनेकोे । पछि उनी काशी फर्किए जहाँ प्रहृलाद घाट थियो, यहाँ एक ब्राहृमणका घरमा बस्न थाले । त्यहीँ उनलाई कवित्व शक्तिको प्रस्फुटन भयो, संस्कृतमा खुब कविता सिर्जना हुन थाल्यो उनीबाट । संस्कृतमा दिनभरि पद्य गीतहरू, कविताहरू गाउँथे उनी तर रात परेपछि सबै बिर्सन्थे ।

धेरै दिनसम्म यस्तो भइरहृयो, दिनभर संस्कृत कविता स्फूरण हुने, रातपरेपछि बिर्सने, सात दिन पूरा भयो । आठौं रातमा तुलसीदासलाई एउटा सपना भयो । भगवान शंकरले रातमा सपनामा आएर भन्नुभयो । ‘तुलसी तिमी संस्कृतमा होइन आफ्नै मातृ भाषामा काव्य, रचना गर न’, तुलसीदास निद्राबाट ब्युँझिए, उठेर बसे, रातमा शिव, पार्वतीसँगै दर्शन पाए उनले । तुलसीदासले शिव पार्वतीलाई दण्डवत् गरे । शिवजीले आशिर्वाद दिँदै भन्नुभयो, ‘तिमी अयोध्या जाऊ र आफ्नो भाषामा रचना तयार गर, मेरो आशीर्वादले तिम्रो रचना काव्य सामवेद हुनेछ’ । उमा महेश्वर अन्तध्र्यान हुनुभयो, उनी भने अब काशीबाट अयोध्या आए ।

संवत १६३१ को आरम्भ हुँदै थियो, रामनवमीको दिन, तुलसी दास लेख्न बसे, रामचरित मानस । २ वर्ष ७ महिना २६ दिन पूरा भयो । संवत् १६३३ मा मार्ग शुक्ल पञ्चमी राम जानकी विवाहको दिन रामायणको ७ काण्ड लेखन पूरा भयो, उनीबाट । उनी फेरि काशी फर्के । काशीमा उनले विश्वेश्वर बाबा र माता अन्नपूर्णलाई आफूले रचना गरेको श्रीराम चरित्र मानस कथा सुनाए । रातमा श्रीविश्वनाथ सामु आफूले तयार गरेको पुस्तक सुम्पे । भोलिपल्ट बिहान माताले पोको पारी सुम्पेको पुस्तक खोली हेरे, त्यहाँ लेखिएको रहेछ ‘सत्यं शिवं सुन्दरम्’ यी अक्षरका तल भागमा भगवान शंकरले आपूmले सही गर्नु भएको रहेछ ।

एकदिन कलियुगले अन्तिम परीक्षा गर्न लागेछ उनको, त्रासदीय वातावरण देखेर गोस्वामी तुलसीदासले हनुमानको प्रार्थना गरे । हनुमानले भगवानको नाममा विनयी पत्र लेख्न भने । तुलसीदासले तुरुन्तै विनयी पत्र लेखेर अर्पण गरे ।

पुस्तक खोल्दै गर्दा वरिपरि सत्यं शिवं सुन्दरम्का स्वरहरू गुञ्जिरहेको सबैले सुने त्यहाँ ! यी स्वरहरू सुनेर, हल्लीखल्ली हुन थाल्यो, वरिपरि लामो समयदेखि मन्दिर परिसरमा रहेका पण्डितहरूलाई इष्र्या भएछ । ढोंगी तुलसीदास भनेर उनलाई उपहास गर्न लागे उनीहरू । त्यतिमात्रै होइन उनको त्यो प्रसाद पुस्तक नष्ट गर्ने प्रयत्न भयो । पण्डितहरूले उनको कृति चोरी गर्ने प्रयत्न गरे । दुईजना चोहरूलाई पठाए ।

तुलसीदास काशीको एउटा कुटीमा बस्थे । चोरहरू पुस्तक चोर्न आए तर चोरहरूले कुटीमा धनुष बाँण लिएर बसेका दुईजना पाले पहरा देखे ।
ती वीर देखिन्थे ती, पालेहरूले धनुष बाँण लिएको देखेर चोरहरू डराए, पालेहरू राम्रा थिए, अति सुन्दर एकको अनुहार कालो र अर्काेको अनुहार गोरो । यो दृश्य देखेर चोरहरूको मन फिरेछ, चोरहरूले चोरी नगर्ने प्रतिज्ञा गरेछन् त्यहीँ । यो दृश्य तुलसीदासले देखेछन्, उनलाई दिक्क लागेछ, मैले गर्दा ईश्वरलाई पनि दुःख भयो भनेर । पुस्तक र आफ्नो रक्षाकै लागि बाहिर दुईजना धनुर्धारी वीरहरू, ढोकेहरू देखेर आपूmलाई नमज्जा लागेछ । उनले त्यो पुस्तक त्यहीँ छोडेछन्, कुटीका सामग्री पनि त्यहाँ छोडेछन् ।

तुलसीदासले पहिले लेखेको आफ्नो रचनामा आधारित भएर अर्काे रामचरित मानस तयार गरेछन् । अर्काे प्रति तयार भएछ, अब त कसैको केही लागेन । दोस्रो प्रतिमा सम्मति दिनेहरूको प्रेरणा मिल्न लागेछ उनलाई अब । सरस्वतीले तलका वाक्यांशहरू प्रस्तुत गर्दै सम्मति, शुभकामना अर्पण गर्नु भएछ ।

आनन्द कानने दृूर्यास्मञ्जंगमस्तुलसीतरूः । कवितामञ्जरी मानि रामभ्रमर भूषिता ।।
सरस्वती कृपा भइसक्दा पनि बुज्रुकहरूलाई चित्त बुझेन, पुस्तकमा परीक्षा हुन थाल्यो, भगवान विश्वनाथका सामु सबैभन्दा माथि वेदको पुस्तक त्यसको तल अनेकौं शास्त्रहरू, ती शास्त्रका तलपट्टि पुराणहरू र सबैभन्दा तल तुलसीदासको श्रीरामचरित मानस पुस्तकलाई राखेर परीक्षा गरे तिनीहरूले । विश्वनाथको मन्दिर बन्द गरे, प्रातःकाल मन्दिर खुल्यो, सबैले हेरे त्यहाँ, सबैभन्दा माथि तुलसीदासको रामचरित मानस पुस्तक राखिएको देखे सबैले । अब त सबै थाके तुलसीदासको परीक्षा गर्न छोडे, सबैले क्षमा माग्न थाले, उनकै चरण परी चरणोदक लिन पनि थाले ।

एक दिन कलियुगले अन्तिम परीक्षा गर्न लागेछ उनको, त्रासदीय वातावरण देखेर गोस्वामी तुलसीदासले हनुमानको प्रार्थना गरे । हनुमानले भगवानको नाममा विनयी पत्र लेख्न भने । तुलसीदासले तुरुन्तै विनयी पत्र लेखेर अर्पण गरे । अब तुलसीदास भयरहित भए, श्रीरामले त्यो विनयी पत्रमा स्वयं हस्ताक्षर गर्नुभएको रहेछ । संवत् १६८० श्रावण कृष्ण तृतीया शनिबारका दिन १२६ वर्षको उमेरमा राम राम भन्दै तुलसीदासजीले आफ्नो पार्थिक शरीरलाई त्यागे, त्यही बेला हो यो समय श्रावणमास, तिथिले केही दिन तल-माथि पर्न सक्छ ।