उपप्रमुखले अभद्र व्यवहार गरेको भन्दै नगरका कर्मचारी आन्दोलित

हिमालय टाइम्स
Read Time = 1 min

महोत्तरी । महोत्तरीको बल्वा नगरपालिकामा कर्मचारीहरु आन्दोलित भएका छन् । बैठक बसिरहेको बेला नगरपालिकाका उपप्रमुख राम दुलारी देवीले प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार ठाकुरमाथि अभद्र व्यवहार गरेको भन्दै विरोधमा कमर्चारीहरू आन्दोलित भएका हुन् ।

४ वैसाखमा बसिरहेको बैठकमा केही मान्छेहरूसहित प्रवेश गरेकी उप्रमुख राम दुलारी देवीले आफ्नो जिम्मेवारीलाई हस्तक्षेप गरेको बताउँदै बोत्तल प्रहार गरेको कर्मचारीहरूको भनाइ छ ।

व्यक्तिगत स्वार्थलाई विषयवस्तु बनाई उपप्रमुखले गालीगलौज र अभद्र व्यवहार गरेको आरोप लगाउँदै कर्मचारीहरुले घटनामा सग्लन व्यक्तिहरु र उप्रमुखलाई कानुन वम्मोजिम कारबाही गर्न माग गरेका छन् ।

उपप्रमुख र सग्लन व्यक्तिहरुलाई कारबाही नभएसम्म वडासम्मका सम्पूर्ण काम ठप्प बनाउने पनि उनीहरूले घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?