जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाईनको सेवा विस्तार गरिएको छ । सिंजा क्षेत्रमा पर्ने तीन स्थानीय तहमध्ये हिमा र सिंजा गाउँपालिकाको प्रशासनिक केन्द्रमा विद्युत प्रविधिकरणको राष्ट्रिय प्रसारण लाईन विस्तार भई विद्युत् सेवा संचालनमा आएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो ।
हिमा गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म विस्तार भएको राष्ट्रिय प्रशारण लाईन शुक्रबारदेखी सिंजा गाउँपालिकाको नराकोट बजारसम्म विस्तार भएपछि स्थानीयवासिलाई निकै राहत गरेको छ । विद्युत अभावले गाउँपालिकालाई काम गर्ने कठिन हुने गरेको थियो । प्राधिकरणको वितरण केन्द्र जुम्लाले गाउँपालिकाको प्रशासनिक केन्द्रसम्म विद्युत् सेवा पुगेपछि गाउँपालिकालाई अब काम गर्ने सहज हुने सिंजा गाउँपालिका उपाध्यक्ष सीतली रोकायाको भनाइ छ ।
नराकोटमा रहेको ट्रान्सफर्ममा विजुली चार्जगरि सेवा शुभारम्भ गरिएको छ । सिंजा क्षेत्रका ग्रामिण गाउँसम्म प्रसारण लाइनको सेवा विस्तार गर्ने काम तिब्रगतिमा भइरहेको छ । केही दिनपछि कनकासुन्दरी गाउँपालिकाहुँदै मुगु जिल्ला सम्मप्रसारण लाईन पुर्याउने लक्ष्य रहेको विद्युत् प्राधिकरणको वितरण केन्द्र जुम्लाका प्रमुख रावलले बताउनुभयो । सिंजा गाउँपालिकासम्म राष्ट्रिय प्रसारण लाईन विस्तार भएपछि इलाका प्रशासन कार्यालयलगायत गाउँपालिकाबाट हुने सेवा प्रवाहमा सहजताहुने अपेक्षा गरिएको सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच