चितवन । नारायणी नदीमा पानीको बहाव बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ ।
ब्यारेजमा पानीको बहाव उच्च भएपछि नवलपरासीको त्रिवेणीस्थित नेपाल र भारततर्फको सबै ३६ वटै ढोका खोलिएको हो ।
ब्यारेजमा पानीको बहाव अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । ब्यारेजका संरचना निकै नै पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहलाई खतराको सूचक मानिन्छ ।
नारायणी नदीको नारायणगढ पुलमा पानीको सतहले चेतावनीको तह पार गरेको छ । ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ ।
नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच