काठमाडौं । यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार प्राध्यापक विद्यानाथ भट्टलाई प्रदान गरिने भएको छ । आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानको ११५औँ बैठकले २०८० सालको सो पुरस्कार भट्टलाई प्रदान गर्ने निर्णय गरेको हो । नव्यन्याय विषयमा आचार्य उपाधि प्राप्त प्राध्यापक विद्यानाथ भट्टले तत्कालीन नेपाल राजकीय संस्कृत महाविद्यालयबाट शिक्षक जीवन सुरु गर्नुभएको हो । सो महाविद्यालय त्रिभुवन विश्वविद्यालयमा समाहित भएपछि त्रिविअन्तर्गतकै संस्कृत अध्ययन संस्थान डिन तथा महेन्द्र संस्कृत विश्वविद्यालय गठनपछि उहाँ त्यसको शिक्षाध्यक्षसमेत हुनुभयो । उहाँलाई पूर्वीय दर्शन, तन्त्रशास्त्र तथा योगका ज्ञाता, व्याख्याता मानिन्छ ।
शिक्षा र संस्कृतिको क्षेत्रमा समर्पित भट्टले गरेको सेवाको उच्च मूल्यांकन गरी षडानन्द राष्ट्रिय पुरस्कारले सम्मानित गरिएको प्रतिष्ठानका सचिव प्राडा बद्रीविशाल भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भोजपुरको दिङ्लामा जन्मिएर नेपालको शिक्षा, संस्कृति, अध्यात्म, समाज सुधार र पर्यावरण संरक्षणमा अतुलनीय योगदान पु¥याउने आबाल ब्रह्मचारी षडानन्द अधिकारी (विसं १८९२–१९७३) को स्मृतिमा स्थापना गरिएको यो पुरस्कारको राशि १,००,००० रुपैयाँ र सम्मानपत्र रहेको छ ।
यसैगरी कात्तिक १६ गते बसेको प्रतिष्ठानको बैठकले षडानन्द क्षेत्रीय पुरस्कार (२०८०) साहित्यकार परशु प्रधानलाई प्रदान गर्ने निर्णय भएको छ । पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै प्रधानलाई सो पुरस्कार प्रदान गरिएको विज्ञप्तिमा जनाइएको छ ।
पुरस्कृत साहित्यकार प्रधान पूर्वाञ्चलको भोजपुर बजारमा जन्मिएर करिब ६ दशकदेखि नेपाली साहित्यमा समर्पित हुनुहुन्छ । उहाँका करिब १० वटा कथासंग्र्रह, दुई उपन्यास, एउटा कवितासंग्र्रहका साथै बालसाहित्यसँग सम्बन्धित पुस्तकहरू प्रकाशित छन् ।
यो पुरस्कार दिङ्लाका निरञ्जन चापागाईं र गायत्रीकुमार चापागाईंले आफ्ना मातापिता डण्डपाणि तथा युवाकुमारी चापागाईंको स्मृतिमा स्थापना गरेको अक्षय कोषको ब्याजबाट प्रदान गरिन्छ । यो पुरस्कारको राशि ५१००० रुपैयाँ र सम्मानपत्र रहेको छ । यी पुरस्कार ब्रह्मचारी षडानन्दको १८८औँ जन्म जयन्तीका अवसरमा आगामी पुस १ गते प्रदान गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच