बार्सिलोना । क्याटलान क्लब बार्सिलोना तीन वर्षको अन्तरालपछि युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा पोर्चुगिज टोली पोर्टोविरुद्ध दुई-एकको पुनरागमन जित निकाल्दै बार्सिलोनाले अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि जोआओ क्यान्सेलो र जोआओ फेलिक्सले एक-एक गोल गर्नुभयो ।
सुरुवाती समयमा बार्सिलोनाले बल आफूसँग धेरै राखे पनि मौका भने पोर्टोले सिर्जना गरिरहेको थियो । २६औँ मिनेटमा मेहदी तरेमीले गोल गरे पनि अफसाइडका कारण त्यसले मान्यता पाएन । ३०औँ मिनेटमा पोर्टोले खेलमा अग्रता लियो । गलेनोको प्रहार बार्सिलोनाका गोलरक्षक इनाकी पेनाले बचाएपछि ब्राजिलियन खेलाडी पेपेले रिवाउण्डमा गोल गर्दै अग्रता दिलाउनुभयो ।
बार्सिलोनाले दुई मिनेटपछि नै खेलमा बराबरी गर्यो । डिफेण्डर जोआओ क्यान्सेलोले पेड्रीको पास लिँदै एक डिफेण्डरलाई बिट गर्दै गोल गर्नुभएको थियो । ५७औँ मिनेटमा भने बार्सिलोना खेलमा अग्रता लिन सफल भयो । जोआओ क्यान्सेलोको पासमा बक्सभित्रबाट सुन्दर फिनिस गर्दै फेलिक्सले बार्सिलोनालाई खेलमा अग्रता दिलाउनुभयो ।
समूह ‘एच’ मा बार्सिलोनाको पाँच खेलबाट १२ अंक भएको छ । पोर्टो र शाख्तर दोनेत्स्कको समान नौ-नौ अंक छ । यी दुई टोली अन्तिम खेलमा एकअर्कासँग भिड्नेछन् । समूहमा पुछारमा रहेको रोयल एन्टवर्पको भने कुनै अंक रहेको छैन ।
यस्तै अर्को खेलमा इंग्लिस टोली न्युक्यासल युनाइटेड फ्रेन्च टोली पिएसजीसँग एक-एकको बराबरीमा रोकियो । खेल न्युक्यासल युनाइटेडको पोल्टामा पर्ने लगभग पक्का भएको अवस्थामा घरेलु टोलीले पेनाल्टी पाएको थियो । न्युक्यासलका डिफेण्डर टोनी लिभ्रामेन्टोले हृयान्डबल गरेपछि पेनाल्टी भएको थियो । इन्जुरी समयको आठौँ मिनेटमा किलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पिएसजीलाई बराबरी गराउनुभएको थियो ।
यसअघि २४औँ मिनेटमा न्युक्यासलले अलेकज्याण्डर इसाकको गोलमा अग्रता लिएको थियो । यस समूहमा डर्टमण्ड पाँच खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको पिएसजीको सात अंक छ । न्युक्यासलको छ अंक रहँदा मिलानको भने पाँच अंक छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच