काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा शनिबारदेखि दोस्रो तारकेश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा विभिन्न नौ खेलमा प्रतिस्पर्धा सुरु भएको छ । प्रतियोगितामा टेबलटेनिस, एथलेटिक्स, भलिबल, कबड्डी, बास्केटबल, उसु, कराँते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले जानकारी गराउनुभयो । दोस्रो संस्करणमा टेबलटेनिस, बास्केटबल र ब्याडमिन्टन थप गरिएको हो ।
प्रतियोगितामा विभिन्न ४९ विद्यालयका दुई हजार २५४ खेलाडीले प्रतिस्पर्धा गर्ने शिक्षा, युवा तथा खेलकुद शाखा, तारकेश्वर नगरपालिका प्रमुख पदमबहादुर खत्रीले बताउनुभयो । जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । ब्याडमिन्टनमा तीन, भलिबल र कबड्डीमा समान दुई-दुई, एथलेटिक्समा २६, कराँते, उसु र तेक्वान्दोमा समान १२-१२, टेबलटेनिसमा तीन तथा बास्केटबलमा दुई स्वर्णका लागि खेल हुनेछ ।
टिम च्याम्पियनले एक लाख, दोस्रोले ६० हजार, तेस्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । गत संस्करणको उपाधि हिमरश्मीले जितेको थियो । मंसिर २२ गतेसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । खेल तारकेश्वर नगरपालिकाका विभिन्न स्थानका साथै एथलेटिक्सको ट्र्याक इभेन्ट भने हल्चोकस्थित सशस्त्र प्रहरी बलको मुख्यालयमा हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच